उद्योगीलाई तत्काल खोप व्यवस्था गर्न रुपन्देही उद्योग संघको आग्रह

 

वाणगंगा अनलाईन

बुटवल

उद्योगीहरुलाई कोभिड(१९ विरुद्धको खोप तत्काल व्यवस्था गर्न रुपन्देही उद्योग संघले माग गरेको छ । संघका अध्यक्ष बाबुराम बोहोराको नेतृत्वको एक टोलीले जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङसँग भेट गरी खोप व्यवस्था गर्न आग्रह गरेको हो ।

सो क्रममा बोल्दै संघका अध्यक्ष बोहोराले उद्योगीहरुले देशको अर्थतन्त्र, रोजगारी अभिबृद्धि र औद्योगिक विकासमा उल्लेख्य योगदान गर्दै आइरहेको भए पनि उद्योगीहरुलाई राज्यले प्राथमिकता नदिएकोप्रति गुनासो गरे । उनले उद्योगीहरु खोप व्यवस्था हुने आशामा धैर्य भई बसिरहेकोमा सरकारले विभिन्न क्षेत्रलाई प्राथमिकता दिंदै गर्दा उद्योगीलाई समेट्न नसकेकाले निजी क्षेत्र चिन्तित बनेको बताए । सो क्रममा संघमा आवद्ध सदस्यहरुको नामावली सहितको अनुरोध पत्र प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी तामाङले उद्योगीहरुलाई खोप व्यवस्था गर्न आफू चिन्तित रहेको र अबको केहीदिन भित्र खोप व्यवस्था गरी संस्था मार्पmत सदस्यहरुलाई खोप उपलब्ध गराउने आश्वासन दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर