वाणगंगा अनलाईन
प्युठानको माडी नदीमा बगेर बेपत्ता भएका दुई बालिकाको शव फेला परेको छ।
बगाएको ठाउँबाट करिब ४० किलोमिटर तल सरूमारानी गाउँपालिका(१ मा ७ वर्षीया सर्मिला थापाको शव र आठ वर्षीया बिपना थापाको शव ७५ किलोमिटर तल दाङको गढहवा गाउँपालिकामा फेला परेको हो।
बाख्रा चराउन गएका उनीहरु पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए। प्रहरी र स्थानीयले खोजी गर्ने क्रममा उनीहरुको शव पाँच दिनपछि भेटिएको हो। शव आफन्तको जिम्मा लगाइएको प्युठान जिल्ला प्रहरी कार्यलयका प्रवक्ता देवीप्रसाद गैरेले जानकारी दिए।