महेन्द्रनगर,
शिक्षकहरुको पेशगात सेवा सुविधाको माग गर्दै पूर्व घोषित कार्यक्रम अनुसार शुक्रवार देशभरीका स्थानिय तहहरुमा नेपाल शिक्षक महासंघले धर्ना दिएको छ ।
नेपाल शिक्षक महासंघ स्थानीय आन्दोलन परिचालन समिति क्षीरेश्वरनाथ नगरपालिकाले आफनो ३४ बुँदे माग लिएर धनुषा क्षिरेश्वरनाथ नगरपालिकाको मुल गेट अगाडी धर्ना दिएको छ ।
निजामति कर्मचारी र शिक्षकबीच सरकारले समान व्यवहार नगरेकोले आफ्नो पेशागत सेवा सुविधाको माग गर्दै आफुहरुले आन्दोलन गर्न बाध्य भएको धर्ना कार्यक्रममा उपस्थित शिक्षक संतोष कुमार यादवले बताएका छन् । साथै सरकारले शिक्षकको पेशगात सेवा सुविधा, हकहितको लागि गरेको सम्झौता पालन नगरेको तथा ऐनमा व्यवस्था नगरेको भन्दै देशको सबै स्थानीय तहमा धर्ना कार्यक्रम गर्नु परेको बताए ।
शिक्षामा रहेको बेथिति अन्त्य गर्नु पर्ने र शिक्षकको सेवा सुविधा निजामति कर्मचारी सरह हुनुपर्ने माग राख्दै उनले सरकारले आफुहरुको माग सम्बोधन नगरे कडा संघर्षमा उत्रिन बाध्य हुने चेतावनी समेत दिएका छन् ।