महिलालाई आत्मनिर्भर बनाउन सिलाई मेसिन वितरण

महेन्द्रनगर,
महिलालाई आत्मनिर्भर बनाई उनिहरुको जिवन स्तर माथी उकास्न क्षिरेश्वरनाथ नगरपालिका सिलाई मेसिन वितरण गरेको छ । धनुषा क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र पजियारको अध्यक्षतामा आयोजित एक कार्यक्रम विच वडा नम्बर १ देखि १० सम्म विभिन्न कार्यक्रमबाट सिलाई सम्बन्धी सिप लिएका महिलाहरुलाई सिलाई मेसिन निशुल्क वितरण गरेको छ । नगर प्रमुख पजियारले बुधवार एक कार्यक्रमका विच करिब १ सय १० सिप सिकेका महिलाहरुलाई सिलाई मेसिन हस्तान्त्रण गर्नु भएको छ ।


कार्यक्रममा नगर प्रमुख पजियार महिलाहरुलाई स्वरोजगार स्वरुपको काम दिएर आत्मनिर्भर बनाउन नगरपालिकाबाट विभिन्न किसिमको कार्यक्रमहरु गर्दै आएको छ र अगामीदिनमा पनि तँपाईहरुकै सुझाब सल्लाह अनुसार कार्यक्रमहरु अगाडि बढाउने बताउनुभयो । सिलाई मेसिन वितरण गर्दै महिलाहरुलाई केही हद सम्म आर्थिक उन्नती गर्न उदेश्यका साथ नगरपालिका द्धारा यस्तो किसिमको कार्यक्रम ल्याएको छ र विगत दिनमा पनि सिलाई कटाई, व्यूटीपार्लर जस्ता साना साना घरेलू उद्योगका धेरै सामानहरु वितरण गरेको छ ।

कोरोनाको कारण धेरै किसिमको कार्यक्रम गर्न सकिरहेको छैन यो कार्यक्रम गत वर्षको योजनामा थियो बल्ल यसपालि यो कार्यक्रम गर्न सफल भएको छु । साथै विश्वभर महामारीको रुपमा फैलिएको कोरोणा कालमा पनि नगरपालिकाबाट कोरोनाले गर्दा मृत्यू भएका परिवारलाई ५० हजार, अस्पतालबाट इलाज गरेकालाई १५ हजार र घरमै बसेर उपचार गरेकालाई ५ हजार वितरण गरिएको छ ।
त्यस्तै नगर प्रमुख पजियार कार्यपालिका बैठकबाट आउने दशैं नजिक नयाँ कार्यक्रम अन्तर्गत दलित समुदायहरुको लागी ग्यास सिलेन्डर र चुल्हा वितरण गर्ने कार्यक्रम रहेको जनकारी गराउनुभएको थियो ।


साथै कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत प्रमोद घिमिरे आफुले सिकेको सिपलाई सक्दो उपयोग गर्न आग्रह गर्नु भएको छ । सिकेको सिपलाई प्रविधियुक्त बनाउन पुर्नःताजगी तालिमका लागी नगरपालिकामा माग गर्न पनि आग्रह गर्नु भएको छ । महिलाको जिवन उकास्ने क्षेत्रमा लगानी गर्न नगरपालिका संधै तयार रहेको बताउनु भएको छ । मेसिन प्राप्त गर्न ठुलो कुरा नभएको भन्दै उहाले सिकेको सिप सदुपयोग गरि आत्म निर्भर बन्न उहाले सबै महिलालाई आग्रह गर्नु भएको छ ।


कार्यक्रममा वडाअध्यक्ष श्याम किशोर यादव, जय किशोर सिंह, जगदिस यादव, जिवछ मण्डल, मान बहादुर श्रेष्ठ, राम किशुन यादव, अशोक चौधरी, राम पदार्थ यादव, वडा सदस्य लगायतको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर