मन्त्री सिंह द्धारा कभर्डहलको शिलान्यास

महेन्द्रनगर,
धनुषा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित छायाँ केदार ब्याडमिन्टन खेलकुद क्लवको कभर्डहल शिलान्यास भएको छ ।

क्लवका अध्यक्ष विरेन्द्र प्रसाद जैसवालको अध्यक्षता र महिला वालवालिका यूवा तथा खेलकुद मन्त्री विरेन्द्र सिंहको प्रमुख आतिथीयमा आयोजित एक कार्यक्रम विच कभर्डहलको लागी भवनको शिलान्यास गरिएको छ । कार्यक्रममा उपस्थित मन्त्री सिंह देशको विकास र अग्रगतिमा बढाउनको लागी स्वस्थ र शिक्षत हुन जरीरी छ । खेलकुद र व्याम लगायतको शाशिरिक क्रियाकलाप गरियो भने मानिस स्वस्थ्य हुन्छ त्यसै फलस्वरुप आज प्रदेश सरकारको महिला वालवालिका यूवा तथा खेलकुद मन्त्रालयबाट यो कभर्डहल निमार्णको लागी २५ लाख रुपैया विनियोजन गरेको जनकारी दिनुभयो । साथै कभर्डहल निमार्णको लागी विभिन्न दाताहरुबाट प्राप्त सामग्री र मन्त्रालयबाट विनियोजन गरिएको बजेटबाट पनि अपुग भयो भने पुर्नता दिन पुन्ह मन्त्रालयबाट सहयोग उपलब्ध गराउने प्रतिवध्ता जनाउनु भएको थियो । खेलकुदको लागी आठओटै जिल्लामा रहेको कवर्डहलहरुलाई व्यवस्थीत गरी संचालन गर्न, २० ओटा मा.वि विद्यालयमा खेलखेल्ने गरी पुर्ण मैदान त्यारी गर्न, सर्वजनिक जिम सेन्टर, प्रदेश भित्र खेल खेलाउनको लागी १० ओट प्रदेश टिम निमार्ण गर्न , महेन्द्र नरायण निधि टुर्नामेन्ट गर्न , महिलाहरुको लागी महिल सस्कक्ती करण गर्नको लागी साधन सहितको तालिम, वृद्ध आस्रम लाई व्यवस्थी संचालन, बाल आश्रमहरुको भौक्ति पुर्वाधार लगायतको व्यवस्थापन लगायतको लागी मन्त्रालयबाट वजेट विनियोजन गरेको जनकारी दिनुभयो । कार्यक्रममा विशिष्ट अतिथी जि.स.सका संयोजक रामदेव वनरैत यादव, अतिथी क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र पजियार, भंगहा नगरपालिकाका नगर प्रमुख संजिव साह, क्षिरेश्वरनाथ उद्योग वाणिजय संघका अध्यक्ष सुरेश प्रसाद यादव, खेलकुद महासंघ प्रदेश २ का संयोजक कमल किशोर चौधरी, धनुषा जिल्ला प्यावसन अध्यक्ष गणेश साह, क्षिरेश्वरनाथ नगरपालिका प्यावसन नगर अध्यक्ष सुजित कापरी लगायतको अतिथीहरुको उपस्थीति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर