लक्ष्मी पुजाको उपलक्ष्यमा पहिलो दिनको पहलमानि सम्पन्न

महेन्द्रनगर,
हिन्दुहरुको महान पर्व शुभ दिपावली लक्ष्मी पुजाको उपलक्ष्यमा प्रत्येक वर्ष हुँदै आएको पहिलो दिनको पहलमानि सम्पन्न भएको छ ।

धनुषा जिल्ला क्षिरेश्वरनाथ नगरपालिका ६ सखुवा मवेसी बजार स्थित श्री श्री १०८ श्री लक्ष्मी पुजाको शुभ घरीमा भइरहेको पहिलो दिनको पहलमानि सम्पन्न भएको छ ।

नेकपा एमाले धनुषा जिल्ला कमिटि सदस्य महेन्द्र यादवको प्रमुख आतिथीयमा आयोजित पहलमानि कार्यक्रममा जिल्ला स्तरिय विभिन्न जिललाका पहलमानहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा विशिष्ट अतिथी अनिल चौधरी, टिभिएस सोरुमका संचालक सुनिल साह, सवामसेवी विनोद गुप्ता, व्यपारी सिकन्दर साह, राजकुमार महासेठ, जावेद खान लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।

त्यस्तै पहलमानि तिन दिन हुने र प्रत्येक दिन विभिन्न ठाउँको पहलमानहरुको सहभागिता रहने श्री श्री १०८ श्री लक्ष्मी पुजा समितिले जनकारी दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय