श्री क्षिरेश्वर स्पोर्ट क्लब परिवार द्धारा हार्दिक श्रद्धान्जली

महेन्द्रनगर,
अन्तराष्ट्रिय खोःखो खेलाडी तथा राष्ट्रिय निर्णायक प्रह्लाद कार्कीको असामयिक निधन प्रति हार्दिक श्रद्धान्जली कार्यक्रम गरिएको छ । धनुषा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर हनुमान चोक स्थित श्री क्षिरेश्वर स्पोर्ट क्लब परिवार द्धारा सवारी दुर्घटनाको क्रममा देशवसान हुनु भएका क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगर निवासी अन्तराष्ट्रिय खोःखो खेलाडी तथा राष्ट्रिय निर्णायक प्रह्लाद कार्कीको स्मृतिमा एक श्रद्धान्जली एवम समवेदना कार्यक्रम आयोजना गरिएको छ । गत कार्तिक २४ गतेका दिन धनुषा जिल्लाको ढल्केवर जनकपुर सडक खण्ड महेन्द्रनगरमा भएको मोटरसाईकल दुर्घटनामा दुखद निधन भएको थियो । उक्त श्रद्धान्जली कार्यक्रममा उपस्थित क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र पजियार दिवंगत आत्माको चिरशान्तिको कामना हार्दिक श्रद्धान्जली, शोकाकुल परिवारजनमा समावेदन व्यक्त गर्दै क्षिरेश्वरनाथ नगरपालिका एउटा होनहार खेलाडीहरुको प्रशिक्षक गुमाएको बताउँदै दुर्घटनाको सत्यतथ्य पतालगाई छानविन गरिने बताउनुभयो । साथै आउने दिनमा खेलाडीहरु प्रति आफनो व्यक्तिगत तर्फबाट र क्षिरेश्वरनाथ नगरपालिकाको प्रमुखको हैसियतले सधैँ साथ सहयोग रहने प्रतिवद्धता जनाउनु भयो । त्यस्तै कार्यक्रममा उपस्थित श्री क्षिरेश्वर स्पोर्ट क्लबका अध्यक्ष केवल मुखिया र क्षिरेश्वरनाथ नगरपालिका कार्यपालिका सदस्य खोःखो खेलको प्रक्षिशक विरेन्द्र सिंह श्रद्धान्जली व्यक्त गर्दै भावुक बनेका थिए र हामी एउटा असल इमन्दार साथी गुमाएको बताउनुभयो । श्रद्धान्जली कार्यक्रममा धनुषा जिल्ला कवडी संघका अध्यक्ष सरोज सिंह, अन्तराष्ट्रय कवडी खेलाडी संजय श्रेष्ठ, कल्यान भुजेल, खोःखो अन्तराष्ट्रीय खेलाडी बुद्ध थापा, मिलन सिंह लगायतका प्रशिक्षक, खेलाडीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय