दुध प्रशोधन÷डेरी सम्बन्धि सरोकारबाला निकायहरु संगको सार्वजनिक सुनवाई

महेन्द्रनगर,
धनुषा मिथिला नगरपालिका हरिहरपुर स्थित रहेको साना किसान कृषि सहकारी संस्था आफनो थप कारोवार विस्तार गर्न गइरहेको दुध प्रशोधन÷डेरी सम्बन्धि सरोकारबाला निकायहरु सँग सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष राम कुमार महतोको अध्यक्षता र पशु विज्ञ केन्द्र जनकपुरका शाखा प्रमुख इन्द्रदेव साहको प्रमुख आतिथीयमा आयोजित कार्यक्रममा उपस्थित सरोकारबाला निकायका पद्धाधिकारीहरुले अग्रीम शुभकामना सहित आ–आफनो मनत्वय राखेका थिए । साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिहरपुर र नेपाल लाइभ स्टक सेक्टर इन्भेसन आयोजना हेटौडा विचको सहकारियमा करिब २.५ करोडको लगानीमा दुध प्रशोधन÷दुध डेरी खुल्न गइरहेको छ । नयाँ प्रविधि अनुसार खुल्न गइरहेको उद्योगमा दुध प्रशोधन भवन निर्माण, सरसफाई तथा पानि व्यवस्थापन, मिल्क रिसिभिंग टयाङ्क, पाश्चराइजर मेशिन, बल्क मिल्क कन्टेनर र मिल्क प्याकेजिङ्क मेशिन लगायतको रहने नि.प्रवन्धक ललिता कुमारी महतोले जनकारी दिए । कार्यक्रममा उपस्थित प्रमुख अतिथी साह दुध प्रशोधन÷डेरी उद्योगको अग्रीम शुभकामना दिदैँ साना किसान कृषि सहकारी संस्था हरिहरपुर रहेको स्थान यो उद्योगको लागी चाहिने कच्चापदार्थ प्रयाप्त पाउने स्थानको रुपमा रहेको हुनाले व्यवस्थीत ढंगले संचालन गरियो भने अवश्य सफल हुने विश्वास दिलाउनुभएको थियो । कार्यक्रममा मिथिला नगरपालिका पशुसेवा शाखा प्रमुख राम प्रकाश महतो, मिथिमि नगरपालिका वडानम्बर ३ का अध्यक्ष राम एकवाल महतो, ईलाका प्रहरी कार्यालयका प्रतिनिधि, स्वास्थ्य शाखा प्रतिनिधि, श्री जनता मा.वि. प्रतिनिधि जगदिस यादव, कार्यपालिका सदस्य राजदेव ठाकुर, वडासदस्य राम विर यादव, मि.न.पा.वडानम्बर ३ का सचिव सत्रुधन महतो, स्थानिय विद्यालयका प्रतिनिधि, संस्थाका उपाध्यक्ष रुमा सिंह, कार्यसमिति सदस्य, स्थानिय बुद्धिजिवी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर