निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

महेन्द्रनगर,
धनुषा सहिदनगर नगरपालिका बलाबाखरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नैना होस्पिटल प्रा.लि र दिब्य क्लिनिक एण्ड डाईग्नोषटिक. प्रा . लि को संयुक्त आयोजना र ज्ञान ब्रदान ईंग्लिश बोर्डइङ स्कुलको सहयोगमा कार्यक्रमको आयोजना गरेको थियोे । ज्ञान ब्रदान बो.स्कुलको प्रिन्सीपल गणेश कुमार यादवको अध्यक्षता र सहिदनगर नगरपालिका नगर प्रमुख उदय कुमार बरवरियाको प्रमुख आतिथीयमा संचालित निशुल्क स्वास्थ्य शिविरमा ६५० जना विरामीले सेवा लिएको थियो । शिविरमा सेवा दिन आएका स्त्री तथा प्रस्तु रोग विषेशयज्ञ डा.इन्द्रजित कुमार रजतले ग्रामीण क्षेत्रका नागरिकलाई धेरै समस्या भोग्नुपरेकाले यहा स्वास्थ्य शिविर सञ्चालन गरेको जनाउँदै स्वास्थ प्रती सबै जनालाई जागरुक हुनुपर्ने जरुरी रहेको बताउनु भयो । त्यस्तै कन्सलटेन्ट फीजीसिएन डा पंकज कुमार साहले यस ठाउँका मानिसहरु धेरै पछाडि परेको र सहि समयमा चेकजाँच नहुँदा स्वास्थमा समस्य आएको बताउँदै शिविर संचालन गर्दा यहाँका युवा तथा स्थानीयहरुको धेरै सहयोग भेटेको बताए । कार्यक्रममा ज्ञान ब्रदान ईंग्लिश बोर्डइङ स्कुलका प्रधानयापक गणेश कुमार यादवले शिक्षा विकाश हुदा मात्रै समाजको विकाश हुने उनले बताए । समाजका कमि कमजोरीलाई सुधारेर अगाडि बढनु पर्ने समेत धारण राखेका थिए । अगामि दिनमा पनि यस्तै स्वास्थ शिविर संचालन गर्ने यादवले प्रतीबधता जनाउनु भयो । त्यस्तै लेब टेक्नीसिएन सरोज यादवले ग्रामीण क्षेत्रका नागरिकलाई घरदैलोमा स्वास्थ्य सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको बताए । उनले गाउँघरमै विशेषज्ञ सेवा दिने उद्देश्यले शिविरको आयोजना गरेको बताए । गाउँघरमै निशुल्क शिविर सञ्चालन हुँदा स्थानीयलाई सजिलो भएको समेत सरोज यादवले जानकारी दिनुभएको छ । शिविरमा बालरोग विशेषज्ञ, हाडजोर्नी तथा नशारोग विशेषज्ञ, स्त्रीरोग विशेषज्ञ, जनरल फिजिसियन लगायतको सेवा प्रदान गरिएको थियो । शिविरमा डा. इन्द्रजित कुमार रजत, डा पंकज कुमार साह डा . आर के गोईत , डा . अभय मण्डल, उमेश राउतको टोलि उपस्थित रहेको थियोे । कार्यक्रममा नेकपा माओवादी केन्द्र प्रदेश २ का सचिव शर्वन बरबरिया , वडा अध्यक्ष तेजु लाल यादव , स्थानीय सहितको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय