किराना पसलमा आगल्गी हुँदा लाखोको क्षती

महेन्द्रनगर,
धनुषा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित राती आगल्गी हुँदा लाखो मुल्य बरावरको किरानाको समान जलेर नष्ट भएको छ । क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बस्ने संजिव चौधरी महेन्द्रनगर क्षिरेश्वर चौकमा संचालन गर्दै आएको सप्तरङ्गी किराना स्टोर्समा राती करिब १२ बजे आगलगी भएको छ । विजुली सर्ट भएर आगलगी भएको हुनसक्ने प्रहरीको भनाई छ । आगलगीबाट सप्तरङ्ग किराना स्टोर्सको करिब १२ लाख बरावरको किरानाको समान जलेर नष्ट भएको छ । राती करिब १२ बजे लागेको आगो स्थानिय प्रहरी र क्षिरेश्वरनाथ नगरपालिकाको वारुण यन्त्रको सहेताले १ घण्टापछि नियन्त्रणमा आएको स्थानियको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय