लक्ष्मीनियाँ स्वास्थ्य शाखामा तलाबन्दी

महेन्द्रनगर,
धनुषा लक्ष्मीनियाँ गाउँपालिकामा रहेको स्वास्थ्य शाखामा तलाबन्दी गरिएको छ । स्वास्थ्य शाखा संयोजकमा विना जनकारी मनामानी ढङ्गले नियूक्ति गरिएको आरोप लगाउँदै वडा नम्बर २, ३, ६ ,७ का वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले संयोजकको मूल ढोकामा ताला लगाएको छ । वडाअध्यक्षहरुका अनुसार गाउँपालिका प्रमुख र प्रशासकिय प्रमुखहरुको मिलोमतोमा गाउँपालिकाबाट खरिद गरिएको गाडीहरुको राजस्व, गाउँपालिकाको आय व्यय, कर्मचारी व्यवस्थापन र शिक्षक नियूक्ती लगायतमा व्यापक अनियमितता भएकोले बाँध्य भई स्वास्थ्य शाखामा तलाबन्दी गरनुपरेको बताए । यसबाट पनि आफनो वानिमा सुधार र स्वास्थ्य शाखा प्रमुखको रुपमा नियूक्ति गरेकालाई बदर नगरे हामी कडारुपमा अगाडी वढने चेतावनी दिएका छन । यता जाडो मौसमको मुखमा आएर स्वास्थ्य जस्तो संवेदनशील संस्थामा तलाबन्दी गरेर सर्बसाधारणलाई दुखदाई बनाउने कामले समाजमा नराकारात्म प्रभाव पर्ने र समाज परिवर्तनमा वडा अध्यक्षहरुको भुमिका न्युन देखिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय