महेन्द्रनगर,
धनुषा नगराइनबाट स्रोत नखुलेको ३८ लाख ३५ हजार नेपाली रुपैयाँसहित एक युवक सशस्त्र प्रहरीको फन्दामा परेका छन् । धनुषा लक्ष्मीनिया गाउँपालिका वडा नं. १ सिनुरजोडा बस्ने अन्दाजी २३ वर्षीय अमित कुमार यादव १०० को २७ गडी, ५०० को २२ गडी, १०० को ३ गडी र ५० को १ गडी गरी जम्मा ३८ लाख ३५ हजार रकमसहित बिहीबार पक्राउ परेका हुन् । बिहीबार दिउँसो १२ः५० बजेको समयमा भारतबाट नेपाल भित्रिरहेको अवस्थामा धनुषाको नगराइन नगरपालिका २ स्थितबाट यादवलाई स्रोत नखुलेको सो परिमाणको रकमसहित पक्राउ गरेको सशस्त्र प्रहरी प्रदेश २ का प्रमुख डिआइजी गणेश ठाडाले जानकारी दिए । प्रदेश २–०२–००१ प ०४८८ नम्बरको अपाचे (१६०) सि.सि.मोटरसाइकलको ट्यांकी भित्र लुकाएर ल्याउँदै गरेको नगद विशेष सुराकीको आधारमा नियन्त्रणमा लिएको हो । ट्यांकी भित्र चेकजाँच गर्दा यादवसंग स्रोत नखुलेको ३८ लाख ३५ हजार नेपाली रुपैयाँ बरामद भएको छ । पक्रउ यादवमाथि थप अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । उनी हुण्डीकारोबारी हुन सक्ने प्रहरीको आशंका छ ।
३८ लाख ३५ हजार रुपैयाँसहित एक यूवक सशस्त्र प्रहरीको फन्दामा
ताजा समाचार
लोकप्रिय
© 2024 Dudhmati FM | All Right Reserved | Privacy Policy
Powered by: ProTech