यूवा नेता चौधरीको पहलमा सयौं कार्यकर्ता नेकपा एमालेमा प्रवेश

महेन्द्रनगर,
नेपाल कम्युनिस्ट पार्टी एमाले यूवा नेता अनिल चौधरीको पहलमा नेपाली कांग्रेस, जसपा र लोसपा बाट सयौं नेता कार्यकर्ता पार्टी परित्याग गरी कम्यूनिस्ट पार्टी (नेकपा) एमाले मा प्रवेश गरेका छन् । धनुषा क्षिरेश्वरनाथ नगरपालिका वडानम्बर ३ पकरियामा आयोजित पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीहरुलाई ने.क.पा. एमाले केन्द्रिय सचिव एवं पूर्व उप–प्रधान तथा परराष्ट्र मन्त्री रघुविर महासेठले टिका लगाई स्वागत गरेका थिए । क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ३ नेकपा एमाले सभापती प्रदिप साहको अध्यक्षता र ने.क.पा. एमाले केन्द्रिय सचिव एवं पूर्व उप–प्रधान तथा परराष्ट्र मन्त्री रघुविर महासेठको प्रमुख आतिथीयमा आयोजित वृहत पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस नेता विनय साह, जसपाका नेता कासिम अन्सारीको नेतृत्वमा ३ सय भन्दा बढी नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेको यूवा नेता चौधरीले जनकारी दिए । कार्यक्रममा प्रमुख अतिथी महासेठ नव प्रवेशीहरुलाई स्वागत गर्दैै अहिले देशभर नेकपा एमालेमा प्रवेश गर्नेको लहर सुरुभएको छ । नेपाली जनतालाई थाहा छ देशमा भौतिक पुर्वाधार लगायत समाजिक कार्यमा काम गर्ने पार्टी भनेको एमाले नै हो त्यसैले अहिले पूर्व मेचि देखि पक्षिम महाकाली सम्म विभिन्न टोल टोलबाट पार्टी प्रवेश गर्नेको लहर सुरु भएको छ । मधेश विरोधी पार्टी नेकपा एमालेलाई भन्नेको अहिले मुख वन्द भएको छ यदि नेकपा एमाले पार्टी मधेश विरोधी भएको भए म पनि मधेशकै छोरा यहीँ ठाउँमा जन्मेको व्यक्तिलाई विकासको मामिलामा प्रमुख मानिनिय भौतिक पूर्वाधार मन्त्री पद मलाई प्रदान गरिएको थियो । नेपाल सरकारको भौतिक पूर्वाधार मन्त्री पद पाएको वेला निर्वाचन क्षेत्र लगायतको गल्ल्ी गल्लीमा पिच र खोलाहरुमा पक्कीपुलको शिल्यनास हाम्र्रै पालामा भएको र यो ठाउँमा पुगाउने जनताहरुको लागी कुनै वेला सहयोगको लागी त्ययार रहेको बताउनु भयो । उक्त कार्यक्रममा विशिष्ठ अतिथी जुली कुमारी महतो, अतिथी वटेश्वर गाउँपालिका अध्यक्ष डम्बर वहादुर राउत, प्रदेश कमिठि सदस्य मनोज खडका, पूर्व जिल्ला सभापति राम चलितर साह, जिल्ला कमिटि सदस्य नगर संयोजक महेन्द्र यादव, क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष श्याम किशोर यादव, वडानम्बर ७ का वडाअध्यक्ष राम किशुन यादव, क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर १ देखि १० सम्मका नगर संयोजक, नेकपा एमाले पार्टि कार्यकर्ता लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको उदघोषक्ष नेपाल खेलकुद प्रदेश नम्बर २ का संयोजक कमल किशोर चौधरीले गरेका थिए । नेकपा एमाले नवप्रवेशी नेताहरुले अब देशमा सम्पूर्ण उत्पीडÞित जनताहरुको हक अधिकारको सुनिश्चितता तथा समाजवादको आधार निर्माण गर्न सबै प्रगतिशील कम्युनिष्ट शक्तिहरु गोलबंद हुनुपर्ने ठहर गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर