तलवको माग गर्दै एभरेष्ट पेपर मिलका मजदुर आन्दोलित

महेन्द्रनगर,
धनुषा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित रहेको एभरेष्ट पेपर मिलका मजदुरहरु तलवको माग गर्दै आन्दोलनमा उतरेका छन । एभरेष्ट पेपर मिलले महिनौंको तलब वाँकीवक्यौता राखेर मिल बन्द गरन लागेको र मिलमा कच्चापर्दाथ उपलब्ध नगरी त्यारी अवस्थामा रहेको कागज मौका छोपी विक्रीवितरण गरिरहेको तलव दिन आनाकानी गरेपछि आफूहरु आन्दोलनमा उतरेको मजदुरहरुले बताएका छन । पटक पटक तलव माग गर्दा नदिएपछि बाध्य भएर संघर्षमा उत्रिएको मिलका मजदुर जगदिश यादवले बताएका छन् । तलव नदिएपछि आफुहरु चन्दा उठाएर मिल व्यवस्थापक विरुद्ध कानुनी प्रक्रियामा जाने मिलका मजदुर यादवले चेतावनी दिएका छन् । हाल मिल बन्द गरेर व्यवस्थापकले सबै कागजपत्र जनकपुर लगेको मजदुरहरुले बताएका छन् । मिल संचालका लागि अहिले कच्चा पद्धार्थ समेत नरहेको र अब मिल चल्ने वा नचल्ने अन्यौलता बढ्दै गएकोले सबै मजदुरको बाँकी वक्यौता तलव व्यवस्थापकले दिनुपर्ने उनीहरुको माग छ । मजदुरहरुका अनुसार मिलले सबै मजदुरहरुको करिव १० करोड तलव बाँकी राखेको र दिन आनाकानी गर्दै आएको छ । जसको कारण आफुहरुलाई पटक पटक आन्दोलन र संघर्ष गर्नुपर्नेको मजदुरहरुको गुनासो छ । यस्तै मिलले अवकाश प्राप्त कर्मचारी र मजदुरहरुको तलव समेत बाँकी नै राखेका छन् । अवकाश पाएरपछि बाँकी वक्यौता तलव दिएर विदाई गर्नुपर्ने ठाउँमा बाँकी तलव लिन पनि वर्षौदेखि अवकाश प्राप्त मजदुरलाई व्यवस्थापन कहाँ हार गुहार लगाई रहेका भएपनि तलव नदिएका अवकाश प्राप्त मजदुरहरुको आरोप छ । तलव सम्बन्धी माग लिएर एभरेष्ट पेपर मिलका मजदुरहरु यसअिघ पनि पटक पटक आन्दोलन गर्दै आएका छन् । कुनै समय गुणस्तरिय कागज उत्पादन गरेको ख्याती कमाएको यस क्षेत्रकै चर्चित एभरेष्ट पेपर मिल बन्द हुने अवस्थामा पुगेको छ । केही वर्षदेखि फाटफुट रुपमा कर्मचारी कटौती गरेर चलाएपनि हाल केही महिनादेखि कागज बनाउने कच्चा पद्र्धाथ र अन्य सामग्रीका कारण मिल बन्द अवस्थामा रहेको मजदुरहरुको भनाइ रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय