नेकपा एमाले क्षिरेश्वरनाथ नगरपालिकाको दोस्रो नगर अधिवेशनबाट नयाँ नगर कमिठि गठन

महेन्द्रनगर,
नेकपा एमाले क्षीरेश्वरनाथ नगरपालिकाको दोश्रो नगर अधिवेशनबाट नयाँ नगर कमिटि गठन गर्दै सम्पन्न भएको छ । धनुषा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर लभकुश हलमा भव्यताका साथ सम्पन्न भएको अधिवेशनबाट महेन्द्र यादवको अध्यक्षतामा ५५ सदस्यीय क्षीरेश्वरनाथ नगरपालिकाको नगर कमिटि गठन गरिएको छ । नव गठित नगर कमिटिको उपाध्यक्षमा यूवा नेता अनिल चौधरी, सचिवमा रामकृष्ण यादव, उपसचिवमा निर्मला सिंह लगायत रहेका छन् ।

नेकपा एमालेका केन्द्रिय सचीव रघुबिर महासेठको प्रमुख आतिथ्यमा आयोजित अधिवेशनमा विशिष्ठ अतिथी जुलि कुमारी महतो केन्द्रिय, प्रदेस र जिल्ला कमिटी लगायत विभिन्न संघ संस्थाहरुको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय