श्री माँ जानकी जनता प्रा.वि.का विद्यार्थीहरुलाई छात्रवृति वितरण

महेन्द्रनगर,
धनुषा क्षिरेश्वरनाथ नगरपालिका कुम्हरौल स्थित श्री माँ जानकी जनता प्रा.वि.का विद्यार्थीहरुलाई छात्रवृति वितरण गरिएको छ ।

व्यवस्थापन समितिका अध्यक्ष अशोक साह, सदस्य जगदिस साह, अविभावक पशुपती देवी साह र विद्यालयका प्रधानध्यापक विमला अधिकारी लगायतको उपस्थितीमा करिब ९० जना विद्यार्थीलाई स्कुल पोशाक वितरण गरिएको छ भने बाँकी नियमित हाजिरी हुने तर आज कुनै कारणवस उपस्थित हुन नसकेका विद्यार्थीहरुलाई अर्कोदिन पोशाक वितरण गरिने प्रधानध्यापक अधिकारीले जनकारी दिए । कोरोना महामारीमा विद्यालय बन्द हुँदा बालबालिकाहरु बढी प्रभावित भएकोले उनिहरुलाई प्रोत्साहन गर्न र मनोवल बढाउनका लागी पोशाक वितरण गरिएको व्यवस्थापन समितिका अध्यक्ष अशोक साहले बताए ।

साहका अनुसार पारदर्शी ढङ्गबाट कसैलाई पनि काखापाखा नगरिकन पोशाक वितरण गरिएको बताए । साथै उपस्थित अविभावकहरुलाई आ–आफना बालवालिकालाई नियमित स्कुल पठाउन आग्रह गर्दै कम्तीमा विद्यालयको मेन गेट सम्म आफनो बालवालिकालाई पु¥याई दिए बाँकी जिम्मा हाम्रो हो भनेका थिए विद्यालयको स्थापना काल देखि नै व्यवस्थापन लगायतको काम गर्दै आएको हुनाले विद्यालय प्रति बढि माया रहेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर