नेपाली कांग्रेस धनुषाको सभापतिमा पजियार

महेन्द्रनगर,
नेपाली कांग्रेस धनुषाको सभापतिमा क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र पजियार १७ सय ३५ मत ल्याएर निर्वाचित भएका छन् । उनी विमलेन्द्र निधि पक्षका उम्मेदवार हुन । शुक्रबार भएको दोस्रो चरणको मतदानमा खसेको २८ सय १४ मध्ये पजियारले १ हजार ७३५ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी संतोष यादवले १ हजार ४६ मत पाएका छन् । ३३ मत भने बदर भएको छ ।

देउवा समुह अर्थात संस्थापन पक्षका उम्मेदवार संतोष यादवलाई ६८९ मतान्तरले पराजित गर्दै पजियार जिल्ला सभापतिमा निर्वाचित भएका हुन । धनुषा क्षेत्र नम्बर १ मा ८०१ मतदाता मध्ये ६७१, क्षेत्र नम्बर २ मा ८३० मध्ये ६९६, क्षेत्र नम्बर ३ मा ७१० मध्ये ६३४, क्षेत्र नम्बर ४ मा ७०९ मध्ये ५७८ र अपांग समूहबाट २३५ मत खसेको थियो ।

यसअघि सोमबार भएको पहिलो चरणको मतदानमा सभापतिका तीन उम्मेदवारमध्ये सबभन्दा धेरै मत पजियारले नै ल्याएका थिए । तरपनि उनको पक्षमा बहुमत पुग्न सकेको थिएन । कुल ३ हजार १७३ मतदातामध्ये पहिलो चरणमा २ हजार ९१२ जनाले मतदान गरेका थिए । पजियारले १ हजार २४८ मत पाएका थिए भने संतोष यादवले ८८२ र दिनेश प्रसाद प्रसैलाले ६३० मत पाए । त्यस्तै, १५१ वटा मत बदर भएको थियो ।

कुनै पनि उम्मेदवारले बहुमत नपाएपछि विधान अनुसार धेरै मत ल्याउने दुई जनाबीच दोस्रो चरणमा प्रतिस्पर्धा भयो । दोस्रो चरणको निर्वाचनमा योगेन्द्र पजियारलाई डाक्टर शेखर कोइराला पक्षका उम्मेदवार दिनेश प्रसैलाले साथ दिएका थिए । तर पनि संस्थापन पक्षका यादवले पहिलो चरण भन्दा करिव दुई सय मत बृद्वि गर्न सफल भएका छन् ।

निर्वाचित पजियार भन्छन्, ‘कांग्रेस सवैको हो, सबै वर्ग र समुदायले अवसर पाउनु पर्छ, कांग्रेस बनाउन सबैको योगदान छ र चाहिन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय