महेन्द्रनगर,
मिथिला मध्यमिकि परिक्रमाको २४ घण्टे परिक्रमा यात्रीलाई धनुषा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित भव्य स्वागत गरिएको छ ।
१५ दिने परिक्रमा यात्री मिथिलाञ्चलको १५ ओटा तिर्थस्थलहरुको परिक्रमा गर्छ भने २४ घण्टे परिक्रमा यात्रामा सहभागी यात्रीहरु मात्र २४ घण्टामा पुरा गर्नुपर्ने हुन्छ ।
२४ घण्टे परिक्रमा यात्री महेन्द्रनगर स्थित रहेको क्षिरेश्वर महादेवको दर्शन गर्नको लागी प्रत्येक वर्ष रातीको करिब १०–११ बजे आउने गरेको ले महेन्द्रनगरको स्थानिय व्यपारीहरु त्यही अनुसार बाटोमा विजुलीवत्ती, खाजा, सरबत, लस्सी, चिया र खुटाधुनको लागी मनतातो पानिको व्यवस्था गर्दै आएको स्थानिय कल्पना फार्मेसीका संचालक कृष्ण यादवले बताए ।
संचालक यादवका अनुसार रातीको समय भएकोले ठाउँठाउँमा विजुली वत्तीको व्यवस्था र यात्राको क्रममा चोटपटक लागेकाहरुलाई गाडीको व्यवस्था गरी स्वागत स्थलमा खटिएको स्वास्थ्यकर्मीबाट समान्य उपचार गरी पुन्ह गनत्वय स्थलतिर पुरियाउने गरेको बताउनु भयो ।
२४ घण्टे परिक्रमा यात्री क्षिरेश्वरनाथ नगर भित्र प्रवेश गर्नसाथ पकरिया, दुधमती चौक, ईलाका प्रहरी कार्यालय, क्षिरेश्वर चौक लगायतको स्थानहरुमो स्थानिय बुद्धिजिवी, व्यपारी, राजनितिकर्मीहरुको सहयोगमा इच्छाअनुसारको खानपानको व्यवस्था गरेको उमा शु.सेन्टरका संचालक गौरी शंकरले जनकारी दिए ।