साना किसान कृषि सहकारी संस्थाको २३ औं वार्षिक साधारणसभा सम्पन्न

महेन्द्रनगर,
धनुषा क्षिरेश्वरनाथ नगरपालिका सखुवा महेन्द्रनगर स्थित रहेको साना किसान कृषि सहकारी संस्थाको २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष जुगल किशोर यादवको अध्यक्षता र क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र पजियारको प्रमुख आतिथीयमा आयोजित कार्यक्रममा संस्थाको वार्षिक आयव्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा उपस्थित नगर प्रमुख पजियार धनुषा क्षिरेश्वरनाथ नगरपालिका सखुवा महेन्द्रनगर स्थित रहेको यो सहकारी संस्था अरु सहकारी संस्था भन्दा पुरानो भएपनि जुन रुपमा यसको उन्नती प्रगति हुनुपर्ने हो त्यो भएको छैन ।

यस सहकारी संस्थामा आवध शेयरधनीहरु संस्थाबाट उठाएको रकमको समयमा सावाँ व्याज बुझाउन जरुरी देखिएको छ र संस्थाका संचालक समितिहरुको व्यवस्थापनमा केही कमि कमजोरीहरु देखिएको छ त्यसमा सुधार गरी आउने दिनमा संस्था प्रगतिमा जाओस शुभकामना दिनुभएको थियो ।

साथै स्थानिय सरकारको पाँच वर्षको अवधि अन्तीम चरणमा रहेको ले आउने स्थानियतहको चुनावमा पुन्ह तँपाइहरुको साथ सहयोग पाए नगरबाट पनि सहयोग स्थावत रहने बताउनु भयो ।

कार्यक्रममा क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष श्याम किशोर सिंह, ४ का जगदिस यादव, ५ का जिवछ मण्डल,१० का राम पदार्थ यादव, कृषि बैंक महेन्द्रनगर शाखाका शाखा प्रमुख, विभिन्न संस्थाका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय