क्षिरेश्वरनाथ नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

महेन्द्रनगर,
धनुषा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित स्थानीय तह निर्वाचनका लागी जौसीवावा धर्मशलामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी बैशाख ३० गते तोकिएको निर्वाचनलाई मध्यनजर गर्दै नेपाल सरकारले खटाए बमोजिम अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन अधिकृत विकास बस्नेतले जानकारी दिए । क्षिरेश्वरनाथ नगरपालिकामा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा मुख्य निर्वाचन अधिकृत विकास वस्नेत सहित सहायक निर्वाचन अधिकृत नगरपालिकाका कार्यालय प्रमुख प्रमोद कुमार घिमिरे लगायतको रहेको मुख्य निर्वाचन अधिकृत वस्नेतले जनकारी दिए । कार्यालय स्थापनाको क्रममा नेपाली कांग्रेस, लो.स.पा., नेकपा एमाले, नेकपा एमाले (समाजवादी), रा.प्र.पा., जनमत पार्टी, माओवादी लगायत विभिन्न पार्टीका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय