मनोनयनको पहिलो दिन क्षिरेश्वरनाथ नगरपालिकामा उपमेयरमा २, वडाअध्यक्षमा १२ जनाको उम्मेदवारी दर्ता

महेन्द्रनगर,
उम्मेदवारी दर्ताको पहिलो दिन क्षिरेश्वरनाथ नगरपालिकाको उपमेयरमा २ जना र वडानम्बर १ देखि १० सम्म वडाअध्यक्षमा १२ जनाको उम्मेदवारी परेको छ ।

यस्तै विभिन्न वडाको वडासदस्यमा १३ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार भोलि सोमबार बिहान ११ बजेदेखि पुनः उम्मेदवारी दर्ता सुरु हुनेछ ।

भोलि साँझ ५ बजेभित्र उम्मेदवारी दर्ता सक्ने आयोगको कार्यतालिका छ । क्षिरेश्वरनाथ नगरपालिका उपप्रमुखको लागी पहिलो उम्मेदवारी दर्ता गर्ने व्यक्ति हुन– सुशिल कुमार चौधरी । उपमेयरका लागि पहिलो नम्बरमा उम्मेदवारी दर्ता गरेका छन् । त्यस्तै वडा नम्वर ९ वडाअध्यक्ष पदका लागी पहिलो नम्बरमा लो.स.पा.बाट राम एकवाल चौधरीले उमेदवारी दिएका छन भने दोस्रो नम्बरमा वडा नम्बर ५ वडाअध्यक्ष पदका लागी स्वतन्त्रबाट सितेश कुमार झाले उमेदवारी दिएका छन ।

क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर जौसीबावा धर्मशलामा स्थापित निवार्चन कार्यालमा पहिलो दिन उपप्रमुख, वडाअध्यक्ष र सदस्य गरी जम्मा २८ जनाले उम्मेदवारी दर्ता गराएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर