महेन्द्रनगर,
नेपाली कांग्रेस क्षिरेश्वरनाथ नगरपालिका वडा नं ८ ले आफ्नो चुनावी घरदैलो अभियानलाई तिब्र बनाएको छ । यही वैशाख ३० गते हुन गइरहेको स्थानिय तह निर्वाचन नजिकीएसंगै नेपाली कांग्रेस वडा नं ८ ले चुनावी घरदैलो अभियानसंगै चुनावी प्रचार प्रसार कार्यक्रमलाई तिब्रता दिएको हो । सोही अवसरमा आज नेपाली कांग्रेस वडा नं ८ ले दिगम्वरपुर देखि सितानगर, इच्छापुर र देवकोटोल सम्म घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा क्षिरेश्वरनाथ नगरपालिकाको लागी मेयर पदको उमेदवार योगेन्द्र पजियार, उपमेयर पदका उमेदवार रचना माथेमा र वडा नं ८ का वडा अध्यक्षका उम्मेदवार मोद कुमार महतो (मोदी)ले मतदाता सामु आफूलगायत आफ्नो टिमलाई अमुल्य मत दिई जिताउन आग्रह गर्दै वडामा आफुलगायत आफ्नो टिमले जितेमा वडामा गर्न बांकी रहेका विभिन्न विकासका कामलाई प्राथमिका दिई पुरा गर्ने बाचा गर्नुभयो । साथै उहांले आफ्नो गठबन्धनको टिमले जितेमा यो वा त्यो बहाना नगरि पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा वडा नं ८ का उम्मेदवारहरुले वडामा महिला, बालबालिका, जेष्ठ नागरिक, अशक्त, दलित लछित थुप्रै कामहरु लगायत विकास पुर्वाधारको काम बाटो निर्माण बनाउने काम गर्न बांकी रहेकाले बिना दवाव बिना रोकटोक ती कार्यलाई व्यविस्थत तवरले सम्पन्न गर्नका लागि एउटा व्यक्तिको प्रयासले मात्र सम्भव नहुने भएकाले पनि पुरै टिमलाई नै भोट दिएर जिताउन ८ नम्बर वडावासी मतदाताहरुलाई अनुरोध गरेका छन् ।
क्षिरेश्वरनाथ नगरपालिका ८ मा वडा अध्यक्षमा मोद कुमार महतो (मोदी) सहित महिला सदस्यमा राम कली देवी महतो, दलित महिला सदस्यमा तप्सी कुमारी महरा, खुल्ला सदस्यमा मिथिलेश महतो र जग वहादुर हेन्जन रहनुभएको छ ।