महेन्द्रनगर,
नेकपा एकिकृत समाजवादीले क्षिरेश्वरनाथ नगरपालिका वडा नं ५ मा चुनावी घरदैलो अभियान सम्पन्न गरेको । स्थानिय तह निर्वाचनका लागि यही वैशाख १६ गतेदेखि सुरु भएको नेकपा एकीकृत समाजवादीले क्षिरेश्वरनाथ नगरपालिकाको चुनावी घरदैलो अभियानमा उम्मेदवारहरु आ–आफ्नो क्षेत्रमा रहेका मतदाताहरुको घरघरमा पुगेर यसपटक कलम छापमा मोहर लगाई विजयी गराउन आग्रह गर्दै आफुहरुले जितेमा आर्थिक, सामाजिक, शिक्षा, स्वस्थ्य, पुर्वाधार विकासलगायत क्षेत्रमा उत्कृष्ट काम गर्दै नगरलाई नमुना बनाउने प्रतिबद्धता जाहेर गरेका थिए ।
घरदैलो अभियान अन्तर्गत शनिवार वडा नं. ५ महेन्द्रनगर स्थित घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । घरदैलो कार्यक्रममा नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रिय स्थायी कमिटि सदस्य मधेश प्रदेश सरकारका उद्योग पर्यटन तथा वन मन्त्री शत्रुधन महतो नेकपा एकिकृत समाजवादी कलम छाप हाम्रो चुनावी चिन्ह हो यसमा मतदान गर्न आग्रह गर्दै अहिले जनता परिर्वतन चाहिरहेको छ त्यस कारण जनताको आवश्यकता पुरा गर्न हामी प्रतिवद्ध छौ कार्यकर्ता, शुभेच्छुकहरुलाई नेकपा एकिकृत समाजवादी पार्टीलाई जिताउन लागी पर्न आग्रह गर्दै नेकपा एकिकृत समाजवादीको जित सुनिश्चित रहेको बताए ।
सोही अवसरमा मेयर पदका उमेदवार शिवशंकर प्रसाद सिंह जनताको हकअधिकार कुण्ठित नहुने तरिकाले काम गर्ने प्रतिवद्धता जनाए । उनले चुनाव प्रचार तथा घरदैलो कार्यक्रममा उत्साहजनक सहभागीता जनाउने कार्यकर्ता, शुभेच्छुक, मतदाता सम्पूर्णलाई धन्यवाद ज्ञापन गरे ।