नेकपा एकिकृत समाजवादी क्षिरेश्वरनाथ नगरपालिकाको घोषणापत्र सार्वजनिक

महेन्द्रनगर,
नेकपा एकिकृत समाजवादी क्षिरेश्वरनाथ नगरपालिका पत्रकार सम्मेलन गरी आफनो घोषणापत्र सार्वजनिक गरेको छ । नेकपा एकिकृत समाजवादी बाट क्षिरेश्वरनाथ नगरपालिकाको लागी मेयर पदको उमेदवार शिवशंकर प्रसाद महतो सामुदायिक विद्यालयको शैक्षिक स्तर वृद्धि गर्नुका साथै गुणस्तरिय शिक्षाका लागी विशेष कार्यक्रम अभियानको रुपमा संचालन गर्ने सहितको घोषणापत्र सार्वजनिक गरेको छ । उनले आफ्नो प्रतिवद्धता पत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सडक, भौतिक पूर्वाधार, सञ्चार, मौलिक कला र संस्कृति लगायतका मुख्य २६ वटा बुँदा समेटको छ । क्षीरेश्वरनाथ नगरपालिकालाई समृद्ध बनाउने लक्ष्यका साथ आधुनिक र व्यवसायिक कृषिमा जोड दिएको छ ।


साथै पत्रकार सम्मलेनमा मेयर पदको उमेदवार सिंहले आफू अरु पार्टीका उम्मेदवारलाई समर्थन गरेको भनेर केही तत्वले गलत हल्ला फैलाएको बताए । उनले भने, आफू चुनावी मैदानमै रहेको र मतदातासँग मत माग्न घरदैलो अभियान जारी रहेको भन्दै कसैलाई पनि समर्थन नगरेको प्रष्ट पारे । प्रत्यासी मेयर सिंहले सोमबार महेन्द्रनगर स्थित स्थानिय तह चुनावलाई लक्षित गरि स्थापना गरिएको पार्टी कार्यालयमा पत्रकार सम्मलेनको आयोजना गररे नगरवासीलाई अपवाहको पछि नलाग्ने अनुरोध गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय