वडाअध्यक्ष महतो द्धारा पदभार ग्रह

महेन्द्रनगर,
क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ८ का अध्यक्ष मोद कुमार महतो (मोदी)ले सोमवार पदभार ग्रहण गरेका छन् । स्थानीय तह निर्वाचनमा विजयी भएका महतोले वडावासीको सानोभन्दा सानो समस्यालाई पनि आफूले महत्वका साथ हेर्ने भन्दै जनताको आशा र विश्वास टुट्न नदिने बताए । वडाको समस्या समाधान गर्न आफू र आफ्नो टिम सक्षम रहेको भन्दै उनले नमूना काम गरेर देखाउने बताए । ५ सदस्यीय वडा समितिमा पुरौ पाइनल नेपाली कांग्रेसका प्रतिनिधि निर्वाचित भएका हुन् । सो अवसरमा नेपाली कांग्रेसका जिल्ला सभापति योगेन्द्र पजियार, पुर्व जिल्ला सदस्य मदन घिमिरे, महाअधिवेसन प्रतिनिधि श्याम लाल महतो, पुर्व क्षेत्रीय सभापति मोहन माथेमा, क्षिरेश्वरनाथ नगरपालिका ५ नेपाली कांग्रेस नगर सभापति दिपक साह, जसपा मधेश प्रदेश समिति सदस्य राम नरेश महतो, क्षिरेश्वरनाथ नगरपालिका ८ नेकपा एमाले वडा कमिटि अध्यक्ष राजेन्द्र प्रसाद सिंह लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर