वडा अध्यक्ष जगदिस यादव द्धारा पदभार ग्रहण

महेन्द्रनगर,
क्षिरेश्वरनाथ नगरपालिका वडा नं। ४ का अध्यक्ष जगदिस यादवले सोमवार पदभार ग्रहण गरेका छन् । स्थानीय तह निर्वाचनमा विजयी भएका यादवलेक वडावासीको लागी र्हिदय देखि धन्यवाद दिँदै विगतको दिनमा पनि कसैलाई काखापखा नगरी विकास निमार्णको काम गरेको र आउने दिनमा पनि यसरी नै वडाबासीको लागी काम गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । सानोभन्दा सानो समस्यालाई पनि आफूले महत्वका साथ हेर्ने भन्दै जनताको आशा र विश्वास टुट्न नदिने बताए । वडाको समस्या समाधान गर्न आफू र आफ्नो टिम सक्षम रहेको भन्दै उनले नमूना काम गरेर देखाउने बताए । त्यस्तै आउने दिनमा खास गरी किसानहरुको लागी कृषि मिटर सिफारीसमा हुने खर्चको व्यवस्था वडाबाट गरिने र विद्युत महसुलमा आफनो कार्यपालिका वैठक बाट पास गरी निःशुल्क विद्युत महसुलमा छुट गराउने प्रतिवद्धता पनि जनाएका थिए । ५ सदस्यीय वडा समितिमा पुरौ पाइनल नेपाली कांग्रेसका प्रतिनिधि निर्वाचित भएका हुन् । सो अवसरमा नेपाली कांग्रेसका, लगायतका प्रतिनिधिहरुको अतिथीको रुपमा उपस्थित रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय