महेन्द्रनगर,
ग्लोबल आइएमई लघुवित वितीय संस्था लिमिटेड महेन्द्रनगर प्रादेशिक कार्यालय द्धारा किटनाशक झुल वितरण गरिएको छ ।
धनुषा क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ९ इच्छापुर स्थित एक कार्यक्रम विच वडा नम्बर ९ का वडाअध्यक्ष अबध किशोर यादव र ग्लोबल आइएमई लघुवित वितीय संस्था लिमिटेड प्रदेश प्रमुख कृष्ण प्रसाद दुंगाना तथा महेन्द्रनगर शाखाका शाखा प्रमुख नितेश कुमार साह लगायतको उपस्थितीमा झुल वितरण गरिएको छ । कार्यक्रम संचालन गर्दै महेन्द्रनगर शाखा प्रमुख नितेश कुमार साह यस वितीय संस्थाले मुख्य वितीय कारोबारका एलवा विभिन्न अतिरिक्त कार्यक्रमहरु जस्तै सिप मुलक तालिम, वितीय साक्षरता कार्यक्रम, सरसफाई कार्यक्रम, दैविक प्रकोपको समस्या लगायत विभिन्न सरसहयोग गदैै आएको छ । साथै हाल यस ग्लोबल आइएमई लघुवित वितीय संस्था लिमिटेड ले सात औटै प्रदेशमा ५४ ओटा जिललामा ११९ ओटा शाखा कार्यालय मार्फत १,४५,००० भन्दा बढी सदस्यहरुलाई समेटदै ७७,५०० हराहारी सदस्यलाई ८ अर्व ५० करोड भनदा बढी कर्जा प्रवाह गरेको र बचत २ अर्ब ८० करोड संकलन गरेको प्रदेश प्रमुख दुंगानाले बताउनुभयो । कार्यक्रममा कर्मचारीहरु रन्जित प्रसाद सिंह, रंजन कुमार झा लगायतको उपस्थिती रहेको थियो ।