महेन्द्रनगर,
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय महेन्द्रनगरको आयोजनामा सरसफाई सामग्री तथा डस्टविन हस्तान्तरण गरिएको छ । धनुषा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर संस्थाका शाखा प्रमुख नितेश कुमार शाह संचालन गरेको उक्त कार्यक्रममा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रहेर क्षिरेश्वरनाथ नगरपालिकाको सभा हलमा नगर प्रमुख सुखदेव यादव तथा नि.प्रमुख प्रशासकिय अधिकृत प्रमोद कुमार घिमिरेको उपस्थितीमा क्षिरेश्वरनाथ नगरपालिकाको कार्यालयलाई २५ थान डस्टविन तथा सरसफाई सामाग्री उक्त संस्थाका प्रदेश १ र २ का प्रदेश प्रमुख कृष्ण प्रसाद ढुंगानाले हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा बोल्दै प्रदेश प्रमुख ढुंगानाले वित्तीय संस्थाले हाल सम्म सात वटा प्रदेश, ४५ जिल्लामा ११९ ओटा शाखा कार्यालय मार्फत २०७८ चैैत्र मसान्त सम्म सदस्य १४३, ३३९ क्रणी सदस्य ७५,४०९ कर्जा लगानी ८,२३,९८६,५८० साथै २,७०२,८७८,३५० बचत परिचालन गरेको बताउनु भयो । वित्तीय संस्थाले मुख्य कारोबारको अलावा विभिन्न सिपमुलक तालिम, दैविक प्रकोपमा परेका व्यक्तिलाई आर्थिक सहायता, गरिब जेहेन्दार विद्यार्थीलाई छात्रवृति, बातावरण संरक्षणकालागी विभिन्न कार्यक्रम लगायत अन्य सामाजिक हितमा कार्य गर्दै आएको बताउनु भयो । त्यस्तै कार्यक्रममा बोल्दै नि.प्रमुख प्रशासकिय अधिकृत घिमिरेले ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि. को यस कार्यले नगर क्षेत्रको फोहर व्यवस्थापनमा सहयोग गर्दै स्वच्छ नगर निमार्णमा सहयोग मिलेको बताउँदै संस्थालाई धन्यबाद दिदै नेपालमा लघुवित्त वित्तीय संस्थाले गरिवको आयवृद्धिमा उल्लेखिए योगदान गरेको बताउनुभयो । कार्यक्रममा विभिन्न बैंक तथा वित्तीय संस्थाका शाखा प्रमुख लगायत ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय महेन्द्रनगरको कर्मचारीहरु रंजित कुमार सिंह, रंजन कुमार झा लगायत संस्थाका सदस्यहरुको उपस्थिती रहेको थियो ।
ग्लोबल आइएमई लघुवित्त द्धारा डस्टविन र सरसफाई सामग्री हस्तान्तरण
ताजा समाचार
लोकप्रिय
© 2024 Dudhmati FM | All Right Reserved | Privacy Policy
Powered by: ProTech