श्री धनुषा कवडी खो.खो.प्रतिष्ठानको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

महेन्द्रनगर,
धनुषा जिल्ला क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित श्री धनुषा कवडी खो.खो. प्रतिष्ठानको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रक्तदान जिवन दान मुल नाराका साथ महेन्द्रनगर हनुमान चौक हनुमान मन्दिरको प्राङ्गनमा आयोजित रक्तदान कार्यक्रममा एक महिला गरी जम्मा ५७ जनाले रक्तदान गरेका छन । क्षिरेश्वरनाथ नगरपालिका प्याब्सन नगर इकाई समिति र क्षिरेश्वरनाथ नगरपालिका रक्तदान गर्नेहरुका लागी फलफुल, फ्रुटी लगायतको व्यवस्था मिलाएको प्रतिष्ठानका अध्यक्ष केवल राउतले बताए ।

कार्यक्रममा उपस्थित क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादव रक्तदान कसैको जिवन दान गर्नु बरावर हो कतीपय विरामीहरु अस्पतालमा रगतको अभावले पनि मृत्यूको मुखमा पुगेने गर्छ त्यसैले रक्तदान जस्तो कार्यक्रम विभिन्न कल्ब संघ संस्थाहरुलाई समय समयमा राखन जरुरी रहेको र त्यस्ता कार्यक्रमहरुको लागी नगरपालिकाबाट हुने सहयोग सदैव रहने विश्वास दिलाउनु भएको थियो ।

कार्यक्रममा श्री धनुषा कवडी खो.खो.प्रतिष्ठानका सदस्य लगायत महेन्द्रनगरमा आवध विभिन्न संघ संस्थाका व्यत्तिहरुले रक्तदान गरेको प्रतिष्ठानका अध्यक्ष राउतले बताए । साथै आउने दिनमा पनि यी प्रतिष्ठान द्धारा विभिन्न समाजिक कामहरुमा आफनो पाइला अगाडि बढाउने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय