महेन्द्रनगर,
धनुषा क्षिरेश्वरनाथ नगरपालिकाको आयोजनामा भैंसीको पकेट विकास कार्यत्र mम अन्तर्गत ५०% अनुदानमा दुहुना भैंसी वितरण गरिएको छ । आ.व. २०७८÷०७९ नगरपालिकामा संचालित प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना द्धारा संचालित भैंसीको पकेट विकास कार्यक्रम अन्तर्गत उक्त भैंसी वितरण गरिएको हो । शनिवार नगरपालिकाको वडा नम्बर १० हारसर स्थित परियोजनाको ५० र किसानको ५० प्रतिशत लागतमा भैंसी वितरण गरिएको क्षिरेश्वरनाथ नगरपालिका पशु विकास अधिकृत विष्णुदेव यादवले जनाएका छन । कार्यक्रममा उपस्थित नगर प्रमुख सुखदेव यादव परियोजनाको ५० प्रतिशत र किसानको पनि ५० प्रतिशत लागतमा जुन कार्यक्रम संचालित छ त्यो राम्रो कार्यक्रम हो यसको निरन्तरता जरुरी छ जुनसुकै समानमा कम्तीमा ५० प्रतिशत लागत किशानको भयो भने त्यो समान प्रति माया वढि हुन्छ किनकी त्यसमा आधी पैसा किसानको पनि लागत भएको हुन्छ । दुधजन्य पदार्थको आयतमा कमी, किसानको आयतमा वृद्धि र पोष्णमा सुधार यस कार्यक्रमको मुख्य उदेश्य रहेको अधिकृत यादवले बताए ।
भैंसीको पकेट विकास कार्यक्रम अन्तर्गत ५०% अनुदानमा दुहुना भैंसी वितरण
ताजा समाचार
लोकप्रिय
© 2024 Dudhmati FM | All Right Reserved | Privacy Policy
Powered by: ProTech