महेन्द्रनगर,
धनुषा क्षिरेश्वरनाथ महादेव मन्दिर साउन सोमवारीलाई मध्यनजर गर्दै आइतवार सरसफाई गरिएको छ ।
क्षिरेश्वरनाथ धर्मसंस्था समितिको अगुवाई र क्षिरेश्वरनाथ नगरपालिकाको विशेष सहयोगमा सरसफाई गरिएको हो । आइतवार विहान ७ बजे देखि राखिएको सरसफाई कार्यक्रममा श्री श्रीनाथ गणका नेपाली सेना, ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी जवान, सशस्त्र प्रहरी वेस क्याम्प नकटाझिजका प्रहरी जवान, स्थानिय विभिन्न संघ संस्था प्रतिनिधि, विद्यार्थी, राजनितिकर्मी, बुद्धिजिवीहरुको उपस्थिती रहेको थियो ।
सरसफाई कार्यक्रममा उपस्थित क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादव क्षिरेश्वरनाथ मन्दिरकै नाममा क्षिरेश्वरनाथ नगरपालिकाको नाम जोडिएको छ यसलाई व्यवस्थीत गर्न जरुरी छ । आउनेदिनमा यो स्थानलाई यहाँका व्यवस्थापन समितिको सहकार्यमा पर्यटकय दृष्टले विकास गर्ने विश्वास दिलाउनुभयो । पौरानिक धर्म ग्रन्थमा उल्लेख रहेको क्षिरेश्वरनाथ महादेव मन्दिरको जुन रुपमा प्रचार प्रसार हुनुपर्ने हो त्यो हुनसकेको छैन आफू निर्वाचित भएदेखि नै यो स्थानको विकासको लागी नगर सभा देखि विभिन्न कार्यक्रमहरुमा अवाज उठाउँदै आएको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष मुवारक कवारीले बताउनु भयो । त्यस्तै क्षिरेश्वरनाथ धर्म संस्थाका अध्यक्ष ईश्वरी अधिकारी क्षिरेश्वरनाथ महादेव मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुको सेवा सुविधाका लागी हाम्रो त्यारी अन्तिम चरणमा रहेको बताउँदै यो स्थानलाई व्यवस्थापनको लागी स्थानिय र प्रदेश सरकारको जुन रुपमा सहयोग हुनुपर्ने हो त्यो देखिएको छैन ।
साउन महिनामा शिवको पूजा गरे सबै देवताको पूजा गरेबराबर फल प्राप्त हुन्छ भन्ने सनातन विश्वास छ । साउन महिना धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण भएकाले यो महिनालाई विशेष रूपमा लिइन्छ । विशेष गरी साउनको सोमबार शिवजीको व्रत एवं पूजा गर्ने चलन छ । पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको किम्वदन्ती सुनेका हुनाले महिलाहरूले यसलाई बढी महत्त्व दिन्छन् । साउनको महिना व्रत बसी शिवको पूजा गरे आफू, श्रीमान, सन्तान एवं परिवार सबैको कल्याण हुने धार्मिक विश्वास छ । महिनाको अरू दिन नसके पनि सोमबार व्रत बसी शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।