सर्पदंश उपचार केन्द्र महेन्द्रनगरको अध्यक्ष पदमा सर्वसम्मत राउत चयन

महेन्द्रनगर,
धनुषा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित रहेको सर्पदंश उपचार केन्द्रको दोस्रो कार्यकालको लागी अध्यक्ष पदमा राज किशोर राउतलाई सर्वसम्मत रुपमा चयन गरिएको छ । सर्पदंश उपचार केन्द्रका अध्यक्ष लक्ष्मन महतोको अध्यक्षत र नेपाली कांग्रेस धनुषा जिल्ला सभापति एवंम निवर्तमान मेयर योगेन्द्र पजियारको प्रमुख आतिथीयमा आयेजित कार्यक्रमबाट अगामी कार्यकालको लागी नयाँ कार्यसमिति चयन गरिएको छ । केन्द्रको नयाँ कार्यसमितिको अध्यक्षमा राज किशोर राउत, उपाध्यक्ष नवल किशोर यादव, सचिव मोद कुमार महतोलाई चयन गरिएको छ भने सदस्यहरुमा बिजय कुमार यादव, माधव कुमारी आले, अनु कुमारी साह, मनोज कुमार झा रहेका छन । त्यस्तै कार्यक्रमको उदघाटन सत्रमा विशिष्ठ अतिथी श्री श्रीनाथ गण महेन्द्रनगरका प्रमुख सेनानी श्याम विक, अतिथीहरु क्षिरेश्वरनाथ उद्योग वाणिज्य संघका उपाध्यक्ष विनय साह, क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष जय किशोर सिंह, वडा ७ का मुवारक कवारी, वडा ८ का मोद कुमार महतो, वडा ९ का अवध किशोर यादव लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय