स्थानिय प्रशासनलाई चुनौती दिदैँ खोलाबाट अवैध बालुवा उत्खन्न

महेन्द्रनगर,
धनुषा क्षिरेश्वरनाथ नगरपालिका र मिथिला नगरपालिका अन्तर्गत पर्ने जलाद, औरही लगायतको खोलाबाट स्थानिय प्रशासनलाई चुनौती दिदैं दिन दहाडै अवैध ढंगले बालुवा उत्खन्न गरिरहेको छ ।

वर्षायामको तीन महिना असार, साउन र भदौमा नदी जन्य पदार्थ उत्खन्न गर्नमा रोक लगाए पनि दिन दहाडै विना डर स्टोक गरेको बहानामा खोलाबाट बालुवा उत्खन्न गरिरहेको छ भने राती राती स्थानिय क्रसर उद्योगीहरु जेसीबी लगाई नदी जन्य पदार्थ उत्खन्न गरिरहेको जन गुनासो आउने गरेको छ । ।

स्थानिय प्रशासन पटक पटक जलाद्ध र औरही खोलाबाट अवैध ढंगले बालुवा उत्खन्नमा प्रयोग गरिएको ट्रयाक्टर र ट्रक नियन्त्रणमा लिएर कवार्ही गरेपनि नियन्त्रण हुन नसकेको स्थानियको गुणासो छ । एक स्थानियका अनुसार खोलामा अवैध उत्खन्न भइरहेको कुरा स्थानिय प्रशासनलाई जनकारी गराउन साथ १ मिनट नवित्दै पुरै खोला खाली हुन्छ यस सम्बन्धमा स्थानिय प्रशासन सँग जनकारी लिदाँ अवैध उत्खन्न गर्नेहरु ४–५ जनाको संख्यामा मानिस खटाईको हुन्छ खोला तिर प्रशासनको गाडी हेर्न साथ जस्ताको त्यस्तै खोलाबाट साइड हुने गरेको छ । जलाद्ध र औरही लगायत खोलाको ५ मिनेटको दुरीमा जनपद र सशस्त्र प्रहरी भएपनि यी प्रशासनलाई चुनैती दिँदै अवैध बालुवा उत्खन्न भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर