नव निवार्चित जनप्रतिनिधिहरुलाई वाणिज्य संघ द्धारा सम्मान

महेन्द्रनगर,
धनुषा क्षिरेश्वरनाथ नगरपालिकाको नव निवार्चित जनप्रतिनिधिहरुलाई क्षिरेश्वरनाथ उद्योग वाणिज्य संघ द्धारा सम्मान गरिएको छ ।

क्षिरेश्वरनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश प्रसाद यादवको अध्यक्षता र क्षिरेश्वरनाथ नगरपालिकाका नव निवार्चित नगर प्रमुख सुखदेव यादवको प्रमुख आतिथीयमा आयोजि एक कार्यक्रम विच नगर प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुलाई फूल, माला, अबिर र गम्छा ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रमा उपस्थित नव निवार्चित नगर प्रमुख सुखदेव यादव वक्ताहरुबाट आएको प्रश्नको जवाफ दिदैँ विकास निर्माणको काममा सबै जनप्रतिनिधिहरु एक भएर अघि बढ्नु पर्ने बताएका छन् । कार्यक्रममा मेयर यादवले चुनाव लड्दा सबै कुनै न कुनै पार्टीबाट लडेपनि निर्वाचित भई सकेपछि सबै नगरवासीको लागि जनप्रतिनिधि बराबर भएको बताए । उनले आफूले कसै संग भेदभाव नगरी समान किसिमले सबै जनताको काम गर्ने र यसको लागि अरु जनप्रतिनिधिहरुलाई पनि साथ दिनको लागि अनुरोध गरे ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नव निवार्चित क्षीरेश्वरनाथ नगरपालिकाका उपप्रमुख रचना श्रेष्ठ माथेमाले यस नगरमा उद्योग धन्दाको विकास गरि औद्योगिक नगरको रुपमा पहिचान स्थापित गराउन उद्योगी व्यापारीहरुले आवश्यक प्रकृया अघि बढाउन सुझाव दिइन् ।
उनले जनकपुर पछिको दोश्रो शहरको रुपमा विकासोन्मुख रहेको यस नगरपालिकाबाट उद्योगी व्यापारीहरुलाई गर्नु पर्ने आवश्यक सहयोग लागि आफूहरु सदैव तयार रह्ने बताईन् ।

साथै कार्यक्रममा क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश यादवले वाणिज्य संघको कार्यालय भवन निर्माणको लागि आवश्यक जग्गा उपलब्ध गराई दिनलाई नगरपालिकासंग माग गरे । उनले नगरपालिकाले जग्गा उपलब्ध गराई दिए व्यापारीहरुले आर्थिक सहयोग गरेर भवन निर्माण गर्न आफूहरु तयार रहेको बताए।


वाणिज्य संघका उपाध्यक्ष विनय साहको स्वागतमन्तव्यबाट सुरु भएको सो कार्यक्रममा संघका संस्थापक अध्यक्ष रामजी सिंह, क्षीरेश्वरनाथ धर्म संस्थाका अध्यक्ष ईश्वरी प्रसाद अधिकारी, व्यापारीका प्रतिनिधि ललित साह, वडा नम्बर २ का वडअध्यक्ष देवु यादव, ३ का अमर किशोर सिंह, ४ का जगदीश यादव, ६ का विनोद प्रसाद गुप्ता, ७ का मुवारक कवाडी, ८ का मोद कुमार महतो, ९ का अवध किशोर यादव, इप्रका महेन्द्रनगरका इन्चार्ज बेचन यादव लगायत, कार्यपालिका सदस्य, उद्योग वाणिज्य संघका सदस्य, सर्व दंश उपचार केन्द्रका नव निवार्चित राज किशोर राउतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर