राष्ट्रिय मा.वि.सखुवा द्धारा विद्यार्थीहरुलाई छात्रवृति वितरण

महेन्द्रनगर,
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका सखुवा बजार स्थित रहेको श्री राष्ट्रिय माध्यमिक विद्यालय सखुवा बजारले विद्यार्थीहरुलाई छात्रवृति वितरण गरेको छ । शुक्रबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनेश्वर महतोको अध्यक्षता र क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष विनोद प्रसाद गुप्ताको प्रमुख आतिथियमा आयोजित एक कार्यक्रम विच विद्यार्थीहरुलाई छात्रवृति अन्तर्गत स्कुल पोसाक वितरण गरिएको छ ।

पोसाक वितरण कार्यक्रममा उपस्थित प्रमुख अतिथी गुप्ता सरकार द्धारा प्रदान गरिएको पोसाक वितरण कार्यक्रम राम्रो कार्यक्रम हो यसबाट विद्यार्थीमा उत्साह बढनुका साथै नियमित कक्षा प्रति मनोवल बढने बताउनु भयो । साथै स्थानिय तहमा जनप्रतिनिधि विगत ५ साल देखि के गरियो आफूलाई थाहा भएन तर वडा नम्बर ६ मा आफूले कार्यभार सम्हाले देखि निरन्तर प्रत्येक स्कुलहरुमा नियमित निगरानी गरिरहेको छु र आउने दिनमा समुदायिक विद्यालयहरुको पठनपाठनको स्तर सुधार्न विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावकहरुको पनि उति नै आवश्यक देखिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनेश्वर महतो, सदस्य किशोरी साह, बवी देवी साह, शिक्षक राम इस्वर ठाकुर, राम चन्द्र मण्डल, विरेन्द्र ठाकुर र श्याम कुमार यादव लगायतको शिक्षक उपस्थितीमा पहिलो दिन बाल विकासको करिब ८० जना वालवालिकालाई पोशाक वितरण गरिएको छ भने भिरभारको मध्यनजर गर्दै अध्यनरत बाँकी सम्पुर्ण विद्यार्थीलाई पोसाक वितरण गरिने प्रधानध्यापक सन्तोष यादवले जनकारी दिनुभयो । त्यस्तै बाल विकासमा अध्यनरत सम्पुर्ण विद्यार्थीलाई वडाअध्यक्ष गुप्ता द्धारा “अल इन वन” किताब वितरण गरिएको छ ।
साथै कार्यक्रममा उपस्थित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनेश्वर महतो विगत दिनमा कोरोना महामारीमा विद्यालय बन्द हुँदा बालबालिकाहरु बढी प्रभावित भएकोले उनीहरुलाई प्रोत्साहन गर्न र मनोबल बढाउनका लागि छात्रवृति अन्तर्गतको कार्यक्रम हामी नियमित गर्दै आएको छु । त्यस्तै विद्यालयको पठन पाठन सुधारको लागी अभिभावकहरुपनि उतिकै जिमेवार हुन जरुरी देखिएको छ । साथै अविभावकहरुलाई आ–आफना बालवालिकालाई नियमित स्कुल पठाउन आग्रह गर्दै कम्तीमा विद्यालयको मुलद्वारसम्म आफ्नो बालवालिकालाई पु¥याई दिनु पर्ने र त्यस पछिको जिम्मेवारी विद्यालयको रहने प्रतिवद्धता समेत उनले व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर