गंगोत्री बोडिङ्ग स्कुलका विद्यार्थी नगर परिक्रमा गर्दै मनाए ५८ औं बाल दिवस

महेन्द्रनगर,
आज राष्ट्रिय बाल दिवस को अवसर पारेर धनुषा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित रहेको गंगोत्री बोडिङ्ग स्कुल विभिन्न जनचेतना मुलक प्लेकार्ड सहित नगर परिक्रमा गर्दै ५८ औं बाल दिवस मनाएको छ । “गहना जेवर रुप सृंगार, शिक्षा विना सब बेकार” “सुखी नेपाली समृद्ध नेपाल, बालअधिकार सबै को सरोकार” लगायतको नारा लेखिएको प्लेकार्ड सहित निस्केको विद्यार्थीको ¥याली नगरको क्षिरेशवर चौक, हनुमान चौक र सखुवा चौक लगायतको परिक्रमा गरेको थियो ।

यस सम्बन्धमा प्याब्सन मधेश प्रदेशका सचिब एंव गंगोत्री बोडिङ्ग स्कुलका प्र.अ. गणेश साह ५८ औं राष्ट्रिय बाल दिवसको शुभकामना दिदैँ हाम्रो समाज बालअधिकारको सम्बन्धमा सम्वेदन शिल हुन जरुरी छ । अहिले पनि ठाउँ ठाउँमा विद्यालयको अभाव, विद्यालय भएपनि शिक्षकको पदपुर्तीको अभाव जस्तो समस्या देखिएको कारण यस प्रति सरोकारबाला निकायहरुलाई ध्यान दिन जरुरी छ । त्यस्तै बाल अधिकारको विषयमा सरोकारवाला निकाय, संघ संस्था द्धारा विभिन्न किसिमको जनचेतना मुलक कार्यक्रम गरेपनि त्यो कार्यक्रममा मात्र सिमित देखिएको छ । कार्यक्रमबाट के उपलब्धी भयो त्यसको कुनै मुल्याङ्कन गरेको पाइदैन ।

नेपालले बालअधिकारसम्बन्धी महासन्धि १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको दिनकै अवसरमा हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर