महेन्द्रनगर,
हिन्दुहरुको महानपर्व दर्शैलाई मध्यनगर गर्दै धनुषा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरका नगर प्रमुख सुखदेव यादवको अगुवाईमा सरसफाई गरिएको छ ।
जनप्रतिनिधिको आपसी विवादका कारण क्षिरेश्वरनाथ नगरपालिकाको कामकाज ठप परेको अवस्थामा दुर्गन्धीत बन्दै गरेको नगरलाई स्थानिय राजनितिकर्मी, श्री श्रीनाथ गण महेन्द्रनगरका नेपाली सेना, स्थानिय बुद्धिजिवीहरुको सहभागितामा सरसफाई गरिएको छ ।
सरसफाईको क्रममा क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख यादव स्थानिय व्यापारी र घरपट्टीहरुलाई पसल, घर अगाडी जथाभावी रुपमा राखिएको सामानहरुलाई व्यवस्थीत गरी राख्न निदेर्शन दिएका थिए भने आउने दिनमा यसरी जथाभावी राखिएको पाइएमा नगरपालिका द्धारा दण्ड अथवा सामान उठाएर लग्ने चेतावनी दिएका थिए ।
साथै महेन्द्रगर औरही पुल नजिक लागीरहेको नयाँ बजार र चौकको बजारलाई छिटै व्यवस्थीत गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । कार्यक्रममा श्री श्रीनाथ गणका गणपति सुरेश देवकोटा, नेकपा एमालेका धनुषा जिल्ला सदस्य ललित साह, राजु गुप्ता, क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर २ का पुर्व वडाअध्यक्ष श्याम यादव लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो । त्यस्तै क्षिरेश्वरनाथ नगरपालिका नगर प्रमुख यादवका अनुसार लामो समय देखि सरसफाई नभएको कारण फोहर बढि भएकोले आउने शनिवार पनि सरसफाईको कार्यक्रम जारी रहने बताउनुभयो ।