क्षिरेश्वरनाथ उद्योग वाणिज्य संघको अगुवाईमा सरसफाई

महेन्द्रनगर,
हिन्दुहरुको महान पर्व दशैं र क्षिरेश्वरनाथ उद्योग वाणिज्य संघ द्धारा लाग्न गइरहेको सस्तो दशैं बजारलाई मध्यनजर गर्दै सरसफाई गरिएको छ ।

क्षिरेश्वरनाथ उद्योग वाणिज्य संघको अगुवाईमा सखुवा चौक देखि सखुवा बजारको छाला गोदाम सम्म सरसफाई गरिएको छ भने पसल अगाडि जथाभावी राखिएको टहरा हटाइएको छ । सरफाई कार्यक्रममा उपस्थित क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादव हिन्दुहरुको महान पर्व दशैंको शुभकामना दिदैं यो सरसफाई कार्यक्रम चार्डपर्वको अवसरमा मात्र हैन कि आफनो घर आफै सफा गर्ने अभियान नै र यो निरन्तर जारी रहने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा उपस्थित क्षिरेश्वरनाथ नगरपालिकाका नगर उपप्रमुख रचना माथेमा सरसफाईमा सहभागी सबैलाई धन्यवाद दिदैँ नगर सरसफाईको जिम्मा सबै नगरबासीको रहेकोले आफनो घर, पसल लगायतको ठाउँबाट निस्केको फोहर जथाभावी नफाली पोको पारी नगरपालिका द्धारा पठाईएको गाडीमा राखदिन सम्पुर्ण नगरबासीमा आग्रह गर्नुभयो ।

सरसफाई कार्यक्रमको अगुवाई गरेका क्षिरेश्वरनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश प्रसाद यादव हाम्रो आग्रह स्वकार गरी कार्यक्रममा सहभागी सम्पुर्णलाई धन्यवाद दिदैँ खास गरी क्षिरेश्वरनाथ नगरपालिका भित्र चलिरहेको आन्तरिक विवादका कारण छिटफुट भएका जनप्रतिनिधिहरुलाई एकठाउँमा सहभागी गरी सफल रुपमा कार्यक्रम गर्न लागेको र संघद्धारा लाग्न गइरहेको सस्तो बजारमा पनि सम्पुर्ण जनप्रतिनिधिलाई आ आफनो ठाउँबाट सहयोगको अपेछा साथ जुन उदेश्यका साथ संघले सुलभ दररेटमा व्यपारीलाई सामान उपलब्ध गराउन र उपभोक्ताहरुलाई यो समयको मौका उठाउन आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा क्षिरेश्वरनाथ नगरपालिका वडा नं.४ का वडाअध्यक्ष जगदिस यादव, ५ का जिवछ मण्डल, ६ का विनोद गुप्ता, नेकपा एमाले जिल्ला सदस्य ललित साह, संघका उपाध्यक्ष विनय साह, महासचिव दिपक साह, सर्प दंन्स उपचार केन्द्रका अध्यक्ष राजकिशोर राउत, सचिव अजय कुमार महतो, समाजसेवी, बुद्धिजिवी, यूवा नेता लगायतको उपस्थिती रहेको थियो ।साथै दशैं सस्तो बजारको लागी त्यारी अन्तीम चरणमा रहेको संघका अध्यक्ष यादवले जनकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर