श्री दुर्गापुजा मुल समिति द्धारा सम्मान कार्यक्रम सम्पन्न

महेन्द्रनगर,
हिन्दुहरुको महान पर्व दशैं, दिपावली तथा छठको उपलश्यमा श्री दुर्गा पुजा मुल समिति महेन्द्रनगर नयाँ बजार द्धारा सम्मान कार्यक्रम गरेको छ । घटस्थापनाको पुर्व सन्ध्यामा श्री दुर्गा पुजा मुल समितिका अध्यक्ष सखिचन यादवको अध्यक्षता र क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवको प्रमुख आतिथीयमा आयोजित एक कार्यक्रम विच स्थानिय सम्पुर्ण जनप्रतिनिधि, व्यापारी र बुद्धिजिवी लगायतलाई सम्मान गरिएको छ । सम्मान कार्यक्रममा उपस्थित सम्पुर्ण वक्ता हिन्दुहरुको महान पर्व दशैं दिपावली तथा छठको शुभकामना दिदैँ पुरोनो शक्ति पिठको रुपमा स्थापित दुर्गा मन्दिरलाई अझ व्यवस्थीत गरी अगाडी वढन कार्यसमितिहरुलाई आग्रह गरेका थिए । सम्मान कार्यक्रममा विशिष्ठ अतिथी पुर्व जिससका अध्यक्ष रामदेव वनरैत यादव, क्षिरेश्वरनाथ नगरपालिकाका नगर उप प्रमुख रचना माथेमा, श्री श्रीनाथ गण महेन्द्रनगरका प्रमुख सेनानी सुरेश प्रसाद देवकोटा, माओवादी प्रदेश कमिटि सदस्य श्याम यादव, अतिथीहरु क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष मुवारक कवारी, ८ का मोद कुमार महतो, इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख वेचन यादव, क्षिरेश्वरनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश प्रसाद यादव, नेकपा एमाले नगर कमिटि अध्यक्ष महेन्द्र यादव, उपाध्यक्ष अनिल चौधरी लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय