मधेश प्रदेशमै पहिलो पल्ट एक महिने नगर स्तरिय हाजरि जवाफ प्रतियोगिता सफलता पुर्वक सम्पन्न

महेन्द्रनगर,
धनुषा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित मधेश प्रदेशमै पहिलो पल्ट एक महिने नगर स्तरिय अन्तर विद्यालय हाजरि जवाफ प्रतियोगिता सफलता पुर्वक सम्पन्न भएको छ ।

दधमती मिडिया प्रा.लि. द्धारा संचालित दुधमती एफ.एम.१०४ मेगाहर्ज र दुधमती टेलिभिजनको फेसबुक पेज लगायतको मिडियाबाट प्रसारण गर्ने गरी संचालित नगर स्तरिय अन्तर विद्यालय हाजरि जवाफm प्रतियोगितामा क्षिरेश्वरनाथ नगरपालिका भित्र रहेको ५ कक्षा देखि १० सम्मको १६ ओटा विद्यालय सहभागी जनाएका थिए । करिब एक महिना लामो समय संचालित नगर स्तरिय अन्तर विद्यालय प्रतियोगितामा एक दिनमा २ ओटा विद्यालयलाई सहभागी गरी सेडुल अनुसार मंगलबार एक कार्यक्रम विच प्रथम, दोस्रो र सहभागी विद्यालयलाई पुरस्कार वितरण तथा सम्मान गरेको कार्यक्रम संचालक रोहित खनालले जनकारी दिए ।


बिद्यार्थीको ज्ञानको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ संचालित उक्त कार्यक्रममाको लागी क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित रहेको मछापुच्छरे बैंकले सिल र मेडल प्रदान गरेको थियो भने सहभागी विद्यार्थीहरुको हौसला बढाउन सिसटेमेटिक बोडिङ्ग स्कुल द्धारा सम्पुर्ण विद्यार्थीहरुलाई समान्य ज्ञान किताब प्रदान गरिएको छ ।


कार्यक्रम पहिलो देखि चौथो राउण्ड सम्म २२ एपिसोडमा संचालित भएको सो कार्यक्रम मधेस प्रदेशमा संचालित सर्बाधिक लामो समय सम्म संचालित कार्यक्रम हो ।
दुधमती एफ.एम.१०४ मेगाहर्जका संस्थापक अनिल कुशवाहाको अध्यक्षता र क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवको प्रमुख आतिथ्यमा आयोजित पुरस्कार वितरण कार्यक्रममा नेपाली सेना सेनाका मेजर श्री श्याम बिक , पूर्ब जिल्ला समन्वय समितिका प्रमुख राम देब बनरेत यादब , समाज सेवि मित्रलाल गिरि, राम जानकी दालबुट फ्याकट्रीका प्रमुख इश्वरी प्रसाद अधिकारी ,ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक बेचन यादव, क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष देवु यादव, वडा नम्बर ६ का अध्यक्ष विनोद गुप्ता, वडा नम्बर ७ का अध्यक्ष मुवारक कवारी, वडा नम्बर ८ का वडाअध्यक्ष मोद कुमार महतो, राष्ट्रिय वाणिज्य बैंक शाख महेन्द्रनगरका शाखा प्रमुख, मछापुच्छरे बैंकका शाखा प्रमुख, प्यावसन नगर अध्यक्ष सुजित कापरी, सचिव कृष्ण लामा, दर्शनिया रामेश्वर सिंह कुशवाहा एकेडमीका संस्थापक जगदिस प्रसाद सिंह, सनसाइन इ.बो.स्कुलका संस्थापक सर्वन कुमार महतो, शिक्षा शाखा अधिकृत दिपक खत्र्री, सर्पदन्स उपचार केन्द्र महेन्द्रनगरका अध्यक्ष राज किशोर राउत, नेपाल व्याहुत कलवार संघका अध्यक्ष सुनिल साह, न्यू शिव आयल स्टोर्सका संचालक ललित साह, समाजसेवी अशोक साह, पल्टु पडिंत लगायत अभिभावक ,पत्रकार, सहभागी बिद्यालयका प्रमुख तथा प्रतिनिधि र विभिन्न सामजिक सेवामा प्रतिबद्ध ब्यक्तीहरुको सहभागिता रहेको थियो ।


कार्यक्रममा नगर प्रमुख सुक देव यादवले प्रथम स्थान हासिल गर्न सफल दर्शनिया रामेश्वर सिंह कुशवाहाका बिद्यार्थी सुकृत यादब र दीपशिखा मण्डल तथा दोश्रो स्थान हासिल गर्न सफल गंगोत्री बोर्डिङ स्कुलका प्रमोद भट्टराई र गुडिया महासेठलाई पुरस्कार बितरण गरेका थिए । त्यस्तै श्री मा.बी इच्छापुरका दिपक कुमार साह, काजल कुमारि दास र मोर्निङ्ग गलोरी बो.स्कुलका कृष्ण पासवान र नङ्गसा तामाङ लाई सान्तोना पुरस्कार साथै अन्य सम्पुर्ण सहभागी विद्यालयका विद्यार्थीहरुलाई प्रमाण पत्र र सम्मान स्वरुप समान्य ज्ञानको किताब प्रदान गरियो ।


यता दुधमति एफ एमका संचालक अनिल कुशवाहले सञ्चार क्षेत्र पुर्ण रुपमा स्वच्छ र निस्पक्ष रहेकाले यसले मधेस प्रदेशमै कहिकतै गर्न नसकेको कार्यक्रम गरेको दाबी गरे । हामीले मधेश प्रदेशमा सर्बाधिक लामो र शिक्षा मूलक कार्यक्रम संचालन गरेका छौं ,यस्ता कार्यक्रम आगामी दिनमा पनि संचालन हुनेमा हामी बिश्वस्त छौँ ।

एक महिना सम्म संचालित कार्यक्रमलाई रोहित खनालले संचालन गरेका थिए भने प्राबिधिक रुपमा कृष्ण यादबले सम्हालेका थिए । त्यस्तै सहयोगी भूमिकामा बुद्ध लामा रहेकि थिइन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय