मिथिला जडिबुटी सहकारीको ७ औं वार्षिक साधारणसभा सम्पन्न

महेन्द्रनगर,
धनुषाको मिथिला नगरपालिका–६ ढल्केबर स्थित मिथिला जडिबुटी सहकारी संस्था लिको ७ औं वार्षिक साधरण सभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष डोर बहादुर खड्काको अध्यक्षता तथा मिथिला नगरपालिकाका उप –प्रमुख सुनिता सिंह बुढाथोकी को प्रमुख आतिथ्यमा सहकारिको साधारण सभा सम्पन्न भएको हो । चालु आ.व.मा शेयर सदस्य संख्या ३७५ जना पुर्याई शेयर पूँजी रु ४०,००,००० पुर्याउने लक्ष्य राखेको यस संस्थाले स्थानिय स्तरमा रहेका जडिबूटी तथा कृषिजन्य वस्तुहरुको उत्पादन, प्रसोधन, विक्रीवितरण र प्रर्वद्धन गर्ने गरेको छ । संस्थाले बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै चालु आवमा शेयर सदस्यहरुलाई अवलोकन भ्रमण, अभिमुखिकरण तालीम गोष्ठीमा सहभागी गराई सहकारी शिक्षा प्रदान गर्ने,जडिबुटि खेती लाई प्रबर्द्धन गर्न सम्बन्धित निकायहरु सँग आवश्यक समन्वय गरि पञ्चवर्षिय कार्ययोजना तय गर्ने जनाएको छ । मिथिला नगरपालिका नगर उप प्रमुख सुनिता सिंह बुढाथोकीले जडिबुटी कै कारण आज कोरोना जस्ता बिरामी सँग नेपाली लड्न सकेको उदाहरण दिंदै यस्ता जडिबुटि जन्य उत्पादनमा यस सहकारीको भूमिका उल्लेखनीय रहेको जनाएकि छन् ।त्यस्तै उनले यस्ता क्षेत्रका कामकाजमा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता समेत जनाएकी छन् । यता,सहकारी संस्थाको समाजिक दायित्व लाई आत्मसात गर्दै रक्तदान कार्यक्रम ,जेष्ठ नागरिक तथा अपाङ्गहरुलाई सम्मान तथा सदस्यहरुको सन्ततिहरु मध्ये जेहेन्दार, गरिब, दलित, जनजाती तथा अपाङ्ग छात्र÷छात्राहरुलाई छात्रवृत्ति कार्यक्रम संचालन गर्ने सहकारीका अध्यक्ष डोरबहादुर खड्काले जनाए । त्यस्तै उनले सदस्यहरुमा वचत गर्ने वानीलाई प्रोत्साहित गर्दै विभिन्न किसिमका बचत योजनाहरु संचालन गर्न विशेष गरि महिला तथा जेष्ठ नागरिकलाई लक्षितगरी समूह बचत संचालन गरिने जनाएका छन् । उत्कृष्ट बचत कर्तालाई सम्मान गरिएको छ । कार्यक्रममा उत्कृष्ट मासिक बचत कर्ता र असल ऋणी शेयर सदस्यहरुलाई पनि सम्मान गरिएको थियो । यता , कार्यक्रममा संस्कृतिक कार्यकममा सहभागी बिधालयका बिद्यार्थीलाई सम्मान गरेकको थियो भने सबै आगन्तुकलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमका संचालन निर प्रसाद शर्माले गरेका थिए। कार्यक्रममा विशिष्ठ अतिथी मि.न.पा. वडा न. ६ वडा अध्यक्ष श्री नन्द किशोर यादव रहेका थिए भने मि.न.पा. कृषि तथा सहकारी शाखा प्रमुख श्री उमेश कुमार महतो, सा.व.उ.म. संघ मधेश प्रदेश अध्यक्ष एवं संस्थाका सल्लाहकार सोम प्रसाद शर्मा लगायत सदस्य, शेयरहोल्डर, बुद्धिजिबि , शिक्षकहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय