विभिन्न पार्टी परित्याग गरी १५३ जना नेकपा एमालेमा प्रवेश

महेन्द्रनगर,
विभिन्न पार्टी परित्याग गरी बटेश्वर गाउँपालिकाको शान्तिपुरमा १ सय ५३ जनाले नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् । लोसपा, माओवादी र नेपाली कांग्रेस लगायतका पार्टी परित्याग गरी नेकपा एमालेलाई यस प्रदेश, प्रतिनिधिसभामा अझै सशक्त बनाउँन प्रतिबद्धता ब्यक्त गरेको नेकपा एमालेका नेता श्याम महतोले जनकारी दिए । बटेश्वर गाउँपालिका ५ शान्तिपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रमाम नेकपा एमालेका केंद्रिय सचिव रघुविर महासेठले नेपाली काँग्रेस, माओवादी र लोसपा पार्टी छाटेर आउँनेलाई अबिर र मधेशको पहिचान गम्छा लगाएर नेकपा एमाले पार्टीमा प्रवेश गराएका हुँन् । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्रि महासेठले वर्तमान सरकार कुपोषण लागेको सरकार भएको बताउँदै यस सरकारबाट जनताले कुँनै आशा गर्न नहुँने बताए । माधव नेपाल, प्रचण्ड र शेरबहादुर देउवाको साठ गाँठलाई मापसे सरकारको संज्ञा दिदै वर्तमानको सरकारले जनताको मनोभावनाको प्रतिनिधीत्व गर्न नसक्ने उनको भनाई छ । उनले यस शान्तिपुर जस्तै देशै भरी नेकपा एमाले नैं सहि हो भन्दै पार्टी प्रवेश गर्ने लहर चलेकोले पर्मादेशबाट हटाइएको नेकपा एमालेको सरकार जनादेशबाट पुन ः नेतृत्वमा आउँने उद्घोष गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय