नेहा चौधरी घटनाको छानविन गर्न प्रहरी प्रधान कार्यालयलाई मधेशी आयोगद्वारा पत्राचार

महोत्तरी जिल्लाको औरही निवासी नेहा चौधरीको घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई तुरुन्त कानुनी दायरामा ल्याउन मधेशी आयोगले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ |

आयोगले उजुरी प्राप्त भएपछि प्रहरी प्रधान कार्यालयलाई पत्र लेख्दै सो घटनामा के कसो भएको हो छानविन गरी दोषीलाई कानुनी दायरामा ल्याउन कारवाहीको प्रक्रिया अगाडी बढाउन र सो बारेमा आयोगलाई पनि जानकारी गराउन पत्र पठाएको छ |

आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले तराई-मधेशमा दाइजोले गर्दा घरेलु हिँसाको समस्या यथावत रहेको र आयोगमा सो संग सम्बन्धित विभिन्न उजुरीहरु आउने गरेको र सो समस्याहरु प्रति आयोग गम्भीर रहेको बताएका छन् | अध्यक्ष डा.दत्तले सोचमा परिवर्तन र चेतनाको स्तर वृद्धि नभए सम्म यस्ता समस्याहरुले समाजमा कैयो चेलीबेटीहरु यातनाको शिकार बन्ने कुरा डरलाग्दो रहेको समेत बताएका छन् |

करिब ८ महिना पहिले महोत्तरीको रामगोपालपुर घर भएको डा.पंकज चौधरी संग विवाह भएको नेहा चौधरीलाई दाइजो को नाममा श्रीमान र ससुराली पक्षले शारीरिक तथा मानसिक यातना दिएको उजुरी आयोगमा परेको छ | सो घटना सामाजिक संजालमा सार्वजनिक भएपछी नेहा माथि भएको अत्याचारको चर्को विरोध भएको छ |

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय