मलेसिया रामा टेक्स कम्पनीमा कार्यरत नेपालीहरु द्धारा दुईटै किडनी फेल भएका परिवारलाई आर्थिक सहयोग

महेन्द्रनगर,
धनुषाको एक दुईटै किडनी फेल भएका पिडित परिवारलाई वैदेशिक रोजगारीमा गएका नेपालीहरु द्धारा आर्थिक सहयोग गरेको छ । धनुषाधाम नगरपालिका ५ पर्वताका करिब ३५ वर्षिय शिवनाथ महतो करिब ४ साल देखि दुवै किडनी फेलका कारण अस्पतालमा उपचाररत रहेका छन । आर्थिक अवस्था कमजोर रहेको परिवारलाई वैदेशिक रोजगारीमा मलेसियाको जोरवारु स्थित रामा टेक्स कम्पनीमा कार्यरत सोही ठाउँका स्थानिय संजय कुमार महतोको पहलमा उक्त कम्पनीमा कार्यरत नेपालीहरु द्धारा ६५ हजार सहयोग गरेको छ । कम्पनीमा कार्यरत विशेष सहयोगी नवल किशोर महतो, संजय महतो, दिनेश कुमार यादव, मंदिप महतो, ब्रहमदेव सिंह, असेश्वर शर्मा, राजु कटवाल र उतम थापा द्धारा पठाइएको रकम क्षिरेश्वरनाथ नगरपालिका मेयर प्रत्यासी शिवशंकर प्रसाद सिंहको हाथबाट पिडित परिवारलाई हस्तान्तर गरिएको छ । आर्थिक सहयोग पाएका पिडित परिवार प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोगी हाथहरुलाई धन्यवाद दिंदै उपचारमा ठुलो रकम आवश्यक परेकोले इच्छुक सहयोगीहरुलाई थप रकम उपलब्ध गराईदिनुहुन अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय