सामुदायिक कृषि सहकारी नक्टाझिजको ११ औं वार्षिक साधारणसभा सम्पन्न

महेन्द्रनगर,
धनुषाको मिथिला नगरपालिका २ नक्टाझिजस्थित सामुदायिक कृषि सहकारी संस्था लिमिटेडको ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । धनुषा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा कार्यालय संचालन गर्दै आएको सामुदायिक कृषि सहकारी संस्था लिमिटेडले ११औं वार्षिक साधारणसभा नक्टाझिजस्थित रा.आ.वि.को प्राङ्गणमा शनिवार मनाएको छ ।

सामुदायिक कृषि सहकारी संस्था लि.का अध्यक्ष रितलाल महतोको अध्यक्षता तथा मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महतोको प्रमुख आतिथ्य साधारणसभा सम्पन्न गरेको छ ।


साधारणसभाको अवसरमा संस्थाका ऋण उपसमितिका संयोजक राजेन्द्र महतोले स्वागत मन्तव्य राखेका थिए भने संस्थाका प्रबन्धक ललित कुमार महतोले संस्थाको आयव्यय विवरणको प्रतिवेदन प्रस्तुत गरेका थिए । सो सामुदायिक कृषि सहकारी संस्थामा आ.व. ०७९÷०८० को कार्तिक मसान्तसम्ममा ३११ जना महिला र ५३१ जना गरी जम्मा ८ सय ४२ जना शेयर सदस्य रहेका छन् । संस्थाको शेयर रकम हाल ५२ लाख ४३ हजार ८ सय रुपैयाँ रहेको छ । संस्थाले आर्थिक वर्ष २०७८÷०७९ मा रु. २२ लाख ३३ हजार ७ सय ८६ रुपैयाँ शुद्ध नाफा आर्जन गरेको संस्थाका प्रबन्धक ललित कुमार महतोले बताएका छन् ।

आर्थिक वर्ष २०७९÷०८० को कार्तिक मसान्त सम्ममा २ करोड ३४ लाख ५१ हजार २ सय ९४ रुपैयाँ निक्षेप बचत जम्मा गरेको छ भने ३ करोड ३९ लाख ५ हजार १ सय २ रुपैयाँ ऋण लगानी गरेको जनाएको छ । त्यस्तै संस्थाले २०७८ असारसम्ममा रेमिटान्सको कारोबारबाट ४ लाख २ हजार ८ सय ५१ रुपैयाँ आम्दानी गरेको आयव्यय विवरणमा जनाएको छ । यता संस्थाले ऋण लगानीको व्याजबाट असार सम्ममा ४४ लाख १२ हजार ३ सय ८ रुपैयाँ प्राप्त गरेको जनाएको छ । संस्थाका ऋण असुली दर हाल १०० प्रतिशत रहेको जनाएको छ । संस्थाले २०७८ असार मसान्तमा १ लाख १७ हजार ५ सय ६८ रुपैयाँ आयकर तिरेको छ भने २ लाख ६५ हजार ३५० रुपैयाँ तालिम संचालनमा खर्च गरेको छ ।
साधारणसभा कार्यक्रममा विशिष्ठ अतिथी मिथिला नगरपालिका २ का वडाअध्यक्ष विहारी महतो रहेका थिए भने अतिथीहरुमा मिथिला नगरपालिका १ का वडाअध्यक्ष जोगी महतो, ५ का वडाअध्यक्ष रामचन्द्र महतो, भुपु अध्यक्ष रामप्रसाद महतो, कांग्रेसका वडा सभापति अशेश्वर महतो, जसपाका वडाअध्यक्ष रामनाथ महतो, हिमालय युवा क्लवका अध्यक्ष अरुण कुमार महतो, कांग्रेसका सुर्वण महतो, जिवछ महतो, हिमालय बहुउद्देश्य सहकारीका संस्थाका अध्यक्ष धनिकलाल महतो, ऋदिसिद्ध सहकारी संस्थाका अध्यक्ष राजलाल महतो लगायतले शुभकामना राखेका थिए । साधारणसभामा संस्थाको संचालक समिति, शेयरधनी, बचत कर्ता लगायत स्थानीयहरुको सहभागिता रहेको थियो । कार्यक्रम संचालन टेक कुमार महतोले गरेका थिए ।


यसैबीच संस्थाले ११औं साधारणसभाको अवसरमा ३ जना उत्कृष्ट ऋणी र ३ जना नियमित बचतकर्तालाई सम्मान समेत गरेको छ । संस्थाले उत्कृष्ट ऋणीमा दिगम्वरपुरका जोगी महतो, नक्टाझिजका सरस्वती कुमारी महतो र दाना देवीलाई एक÷एक थान डोल दिएर सम्मान गरेको छ भने नियमित बचतकर्तामा जगरनाथ महतो, रामरती देवी मुखिया र भुमिका कुमारी (बाल बचत) लाई समेत डोल सहित सम्मान गरेको जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर