श्री क्षिरेश्वर कृषक बचत तथा ऋण सहकारी संस्था लिको ११औं वार्षिक साधारणसभा सम्पन्न

महेन्द्रनगर,
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर स्थित श्री क्षिरेश्वर कृषक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

धनुषा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर क्षिरेश्वर चौकमा कार्यालय संचालन गर्दै आएको क्षिरेश्वर कृषक सहकारी संस्था लिमिटेडले ११औं वार्षिक साधारणसभा महेन्द्रनगर दर्शनिया रामेश्वर सिंह कुशवाहा एकेडमीको प्राङ्गणमा शुक्रवार मनाएको छ । श्री क्षिरेश्वर कृषक बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष जगदिस प्रसाद सिंहको अध्यक्षता तथा क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवको प्रमुख आतिथ्य साधारणसभा सम्पन्न गरेको छ ।

साधारणसभाको अवसरमा संस्थाका सल्लाहकार तपेश्वर महतोले स्वागत मन्तव्य राखेका थिए भने संस्थाका कोषाअध्यक्ष गौरी शंकर महतोले संस्थाको आयव्यय विवरणको प्रतिवेदन प्रस्तुत गरेका थिए । सो बचत तथा ऋण सहकारी संस्थामा हाल आ.व. ०७८÷०७९ मा ४८२ जना महिला र ६९७ जना गरी जम्मा ११ सय ७९ जना शेयर सदस्य रहेका छन् । संस्थाको शेयर रकम हाल ८० लाख ६१ हजार २ सय रुपैयाँ रहेको छ । संस्थाले आर्थिक वर्ष २०७८÷०७९ मा रु. २३ लाख ४१ हजार ९ सय ६४ रुपैयाँ शुद्ध नाफा आर्जन गरेको संस्थाका कोषाअध्यक्ष महतोले बताएका छन् ।


आर्थिक वर्ष २०७८÷०७९ मा २ करोड ८१ लाख ४९ हजार ८ सय १९ रुपैयाँ निक्षेप बचत जम्मा गरेको छ भने ३ करोड ९२ लाख १६ हजार ७ सय ९६ रुपैयाँ ऋण लगानी गरेको जनाएको छ । साधारणसभा कार्यक्रममा विशिष्ठ अतिथी क्षिरेश्वरनाथ नगरपालिका ५ का वडाअध्यक्ष जिवछ मण्डल, नेपाल बचत तथा ऋण केन्द्रय सहकारी संघका श्याम राजा तिम्लसिना थिए भने अतिथीहरुमा समाजसेवी हरि प्रसाद काफले, विभिन्न सहकारी संस्थाका प्रतिनिधि, संस्थाको संचालक समिति, शेयरधनी, बचत कर्ता लगायत स्थानीयहरुको सहभागिता रहेको संस्थाका प्रवन्धक संजित कटवालले जनकारी दिए ।

यसैबीच संस्थाले ११औं साधारणसभाको अवसरमा ३ जना उत्कृष्ट ऋणी र ३ जना नियमित बचतकर्तालाई सम्मान समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर