महेन्द्रनगर,
नेपाल रेडक्रस सोसाइटी आँखा अस्पताल जनकपुरधामको आयोजना तथा तेज कोहली र रुइत फाउण्डेसनको सहयोगमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
स्थानिय हिमालय यूवा क्लव मिथिला नगरपालिका २, सिन्ड्रेला नेपाल काठमाण्डौं, लायन्स क्लव सिन्डे«ला र लायन्स क्लव अफ जनकपुरधामको आयोजनमा संचालित एकदिने निःशुल्क आँखा शिविरमा १७७ जनाले आफनो आँखा जाँच गराएको सिन्डे«ला नेपालकी अध्यक्ष आशिका गिरीले जनकारी दिएन । मिथिला नगरपालिका २ हिमालय यूवा क्लवमा विहिवार विहान १० बजेदेखि ३ बजे सम्म संचालित उक्त शिविरमा आँखाको विशेष जाँच गरिएको थियो ।
ग्रामिण क्षेत्रका आँखाको रोगीहरुलाई मध्यनजर गर्दै संचालित शिविरमा जाँच गरेको मध्य ३० जनामा मोतियाविन्दु रोग फेला परेको सिन्डे«ला नेपालकी अध्यक्ष गिरीले जानकारी दिनुभयो । आँखा जाँच गराएका र आँखा समान्य समस्या देखिएका विरामीहरुलाई औषधी समेत प्रदान गरिएको थियो । शिविरमा मोतियाविन्दु भेटेका आँखाका विरामीहरुको भोली ६ गते शुक्रवार अप्रेशन गरिने अस्पतालले जनाएको छ । यता शिविरमा मोतियाविन्दु भेटेको आँखाका विरामीहरुलाई मोतियाविन्दुको निःशुल्क आँखा अपे्रशनको लाभ लिन अध्यक्ष गिरीले आग्रह गर्नुभयो । साथै ल्यान्स कल्व जनकपुर र सिन्ड्रेला नेपालको सहयोगमा मिथिला नगरपालिका वडा नम्बर २ बस्ने इस्वरवती देवी, वढरी बस्ने तोरम विक्रम कार्कीलाई हुइलचियर दिइएको सिन्डरेलाकी अध्यक्ष गिरीले बताउनु भयो । निःशुल्क आँखा शिविरमा जानकी आँखा अस्पतालका डा.रविन्द्र कुमार यादव, नविन झा, ल्यान्स कल्व जनकपुरका अध्यक्ष गोपाल साह, हिमालय यूवा कल्वका अध्यक्ष शिवराम महतो लगायत सहयोगीहरुको उपस्थिती रहेको थियो ।