राष्ट्रिय वाणिज्य र्बैक ५८ औं वार्षिकोत्सवको अवरमा ४५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

महेन्द्रनगर,
राष्ट्रिय वाणिज्य बैंक ५८ औं वार्षिकोत्सवको अवसरमा ४५ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । धनुषा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित रहेको शाखा कार्यालयले वडा नम्बर ६ सखुवा बजारमा रहेको श्री नयाँ नेपाल दलित राष्ट्रिय प्रा.वि.मा अध्यनरत ४५ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको शाखा प्रमुख सुरेश मण्डलले जनकारी दिनुभयो । राष्ट्रिय वाणिज्य बैंक को ५८औ वार्षिकोत्सवको उपलक्ष्यमा सम्पर्ण महानुभावहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै शाखा कार्यालय धनुषा महेन्द्रनगरको तर्फबाट अधिकांश गरिव दलित समुदायको विद्यार्थीहरुको आर्थिक अवस्था कमजोर रहेको ले उनिहरुको जिवन उकास्न केही सहयोग होस अपेक्षा सहित यी समुदायिका विद्यार्थीहरुलाई यी समाग्री वितरण गरिएको शाखा प्रमुख यादवको भनाई रहेको छ । यस कार्यमा सहजिकरण गरिदिनुभएका उक्त विद्यालयका प्राध्यानध्यापक सुशिल कुमार ठाकुरलाई धन्यवाद दिँदै आउने दिनमा पनि हाम्रो शाखाबाट सहियोग गर्दै जाने बताउनुभयो । साथै बैँकको ५८ औं वार्षिकोत्सवको अवसरमा मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुर स्थित वित्तिय साक्षरताको लागि सोमवार प्रभातफेरी कार्यक्रम गरिएको थियो ।जनकपुरधामस्थित भनुचौक, पिराडी चौक सहित धनुषाको महेन्द्रनगर र महोत्तरीको पिपरा तथा बलबा बजारस्थित शाखाको संयुक्त आयोजनामा वित्तीय साक्षरताका लागि प्रभातफेरी कार्यक्रम गरेको थियो ।
बैंकका भानुचौक शाखाका प्रवन्ध कृष्ण प्रसाद पौड्यालले बैंकको ५८ औं वार्षिकोत्सवको अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै सर्वसाधारण प्रति बैंकिङ्ग संचेतना गर्ने उद्धेश्यले समाज प्रतिको उत्तरदायीत्व बहन गर्दै बैंकले वित्तीय साक्षरताका लागि प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको बताएका थिए । बैंकको प्रादेशिक कार्यालय तथा शाखा कार्यालयहरुमा एकसाथ आयोजना भएको प्रभातफेरी कार्यक्रममा ४० जना भन्दा बढी कर्मचारीको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धि बैंकको लोगो अंकित विभिन्न प्लेकार्ड बोकेर व्यानर सहित शुरु गरिएको उक्त प्रभातफेरीको रयाली बैंकको प्रादेशिक कार्यालय भनुचौकबाट शुरु भई कदम चौक , मुरली चौक , राम चौक , जानकी मन्दिर , जनक चौक , शिव चौक हुदैं प्रादेशिक कार्यालयमा पुगेर समापन भएको थियो । यही माघ १० गते बैंक ५७ वर्ष पूरा गरी ५८ औं वर्षमा प्रवेश गरेको छ । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६५ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग रहेको जानकारी बरिस्ठ सहायक सुचना प्रविधि अजय कुमार साहले दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय