वडाअध्यक्षहरु विच दौड प्रतियोगिता गराई राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

महेन्द्रनगर,
धनुषा क्षिरेश्वरनाथ नगरपालिकामा पाँचौ अन्तर विद्यालय स्थानिय तह स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता वडाअध्यक्षहरु विच दौड प्रतियोगिता गराई सुरु भएको छ ।

क्षिरेश्वर मा.वि.का प्रधानध्यापक बाबुसाहेव यादवको अध्यक्षता र क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवको प्रमुख आतिथयमा आयोजित एक कार्यक्रमका विच बुधवार विहान बाजागाजा सहित नगर परिक्रमा गरी नगर प्रमुख र उपप्रमुख द्धारा सटपुट तथा वडाअध्यक्षहरु विच १०० मिटरको दौड प्रतियोगिता गराई खेलको सुरुवात भएको छ ।

क्षिरेश्वर मा.वि.को खेल मैदानमा तीन दिनसम्म चल्ने प्रतियोगितामा सटपुट, एथलेटिक्स, भलिबल, कवडी, हाइ जम्प, दौड प्रतियोगिता लगायतको खेल संचालन हुने आयोजकले जनकारी दिएका छन । स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद मुल नाराका साथ नेपाल सरकार, यूवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषदको संयोजकत्वमा आयोजित पाँचौ अन्तर विद्यालय स्थानिय तह स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७९ मा क्षिरेश्वरनाथ नगरपालिका भित्रका १२ ओटा विद्यालय सहभागिता जनाएका छन । क्षिरेश्वरनाथ नगरपालिकाको आयोजनामा संचालित प्रतियोगितामा करिब ३०० सय भन्दा बढि स्थानिय विद्यालयहरुका खेलाडी सहभागिता जनाएको अनुमान गरिएको छ ।

खेलकुदको विकासका लागि प्रारम्भिक थलोको रूपमा रहेको विद्यालयहरूलाई केन्द्रबिन्दु बनाई खेलकुद प्रतिभाको खोजी, पहिचान र संरक्षण गर्ने, राष्ट्र निर्माण एवम् राष्ट्रको विकासमा खेलाडीहरूको भूमिका र सम्भाव्यताको विकास र विस्तार गर्ने, स्थानीय, क्षेत्रीय र राष्ट्रिय स्तरमा विभिन्न खेलकुद प्रतियोगिताहरू आयोजना गर्ने, विद्यालयहरूमा उत्कृष्ट, अनुशासित र सक्षम खेलाडीहरु तयार गर्ने, विद्यालयहरूमा स्वस्थ प्रतिस्पर्धात्मक विद्यार्थीमैत्री खेलकुद वातावरणको श्रृजना गरी विद्यालय तहमा सञ्चालन हुने खेलकुदका प्रतियोगिताहरूलाई अनुशासित, मर्यादित र व्यवस्थितरूपले सञ्चालन गर्ने उद्देश्यले नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले “राष्ट्रपति रनिङ सिल्ड तथा विद्यालय खेलकुद प्रतियोगिता सञ्चालनमा आएको छ ।

प्रतियोगितामा क्षिरेश्वर मा.वि., ज्ञानमन्दिर बो.स्कुल, दशर्निया रामेश्वर सिंह कुशवाहा एकेडमी, सिसमेटिक बोडिङ्ग स्कुल, न्यू पारिजात बो.स्कुल, गंगोत्री बो.स्कुल, सरस्वती बो.स्कुल गरी जम्मा १२ ओटा विद्यालय सहभागी भएका छन । कार्यक्रममा विश्ष्ठि अतिथी नगर उपप्रमुख रचना माथेमा, श्री श्रीनाथ गण महेन्द्रनगरका सहायक सेनानी हरी ब.खत्री, अतिथीहरुमा शस्त्र प्रहरी बल नक्टाझिजका प्रहरी निरिक्षक रन्जित तिवारी, वडा नम्बर ४ का वडाअध्यक्ष जगदिस यादव, वडानम्बर ६ का वडाअध्यक्ष विनोद गुप्ता, वडानम्बर ७ का वडाअध्यक्ष मुवारक कवारी, वडानम्बर ८ का वडाअध्यक्ष मोद कुमार महतो, शिक्षा शाखा प्रमुख, शिक्षा समितिका पदाधिकारी, विद्यालयहरुको प्रतिनिधि, दर्शक विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय