१५ दिने माध्यमिकी परिक्रमा यात्रीहरुलाई निःशुल्क बालभागे

महेन्द्रनगर,
मिथिलाञ्चलको महाकुम्भ मानिएको ऐतिहासिक तथा धार्मिक पदयात्रा १५ दिने माध्यमिकी परिक्रमा यात्रीहरुलाई निःशुल्क बालभोग गराईएको छ ।

१५ दिने यात्राको क्रममा कञ्चनवन पुगेका यात्रीहरुलाई स्व. रामो यादव द्धारा संकलपित बालभोग कार्यक्रमलाई निरन्तरता दिदैँ स्व.रामो यादव पत्नी धनलटिया यादव, राम पुकार यादव, दिनेश चन्द्र यादव र मदन साहको सहयोगमा निःशुल्क बालभोग कार्यक्रम गरिएको नेपाली कांग्रेस मधेश प्रदेश अनुसासन समिति संयोजक सुरेश प्रसाद यादवले जनकारी दिनुभयो ।

१५ दिवसीय मिथिला मध्यमा परिक्रमा महोतरीको एतिहाँसिक तथा प्राचिन कञ्चनवन पुगे संगै मिथिलाञ्चलमा होली खेल्न शुरु हुने गर्दछ । कञ्चनवनमा मधेश प्रदेशका मन्त्री, प्रशासन प्रमुख, साधुुसन्त र भक्तजन सहितकाले सामुहिक रुपमा होली खेलेका छन । १५ दिवसीय मिथिला मध्यमा परिक्रमाको १५ विभिन्न विश्रामस्थलहरु मध्येको एक महत्वपुर्ण र पवित्र स्थल हो महोतरीको एतिहाँसिक तथा प्राचिन कञ्चनवन । आइतवार परिक्रमामा सहभागि विभिन्न मन्दिरका भगवान रामजानकीको डोला सहितका तिर्थालुहरु कञ्चवनमा पुगेर होली खेले संगै मिथिलाञ्चलमा रंगअविरको पर्व होली विधिवत शुरु भएको मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय